समूह चरणबाट बाहिरिएपछि नेपालको पहिलो जित

समूह चरणबाट बाहिरिएपछि नेपालको पहिलो जित

२४ भाद्र २०७६,
चित्रवन अनलाईन न्युज डेस्क ।
यू-१९ एसिया कप क्रिकेटमा समूह चरणबाट बाहिरिएपछि अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित हात पारेको छ । पहिले ब्याटिंग गरेको नेपालले ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो । २८६ को लक्ष्य पछ्याउने क्रममा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउदै १२५ रन मात्रै बनाउन सक्यो । यूएईका लागि वि्रत्य अरविन्दले सर्वाधिक २८ रन बनाए ।बलिङतर्फ नेपालका सागर ढकालले तीन विकेट लिए भने राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २-२ विकेट लिए । मात्र ८ रन जोड्दा सुरुवाती दुई विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे । रोहितकुमारले ६७ रनमा आउट हुनुअगाडी जितको बलियो आधार खडा गरिसकेका थिए ।आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २०६/७ थियो ।आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे । पछिल्लो लगातार दुई खेल हार्ने क्रममा नेपाल पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो भने नेपाल दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । महत्वपुर्ण दुई खेल सुरुमा नै गुमाउदै गर्दा यो जित नेपालको लागि खल्लो भएको छ ।

NO COMMENTS

Leave a Reply