रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुने ।

रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुने ।

३० भाद्र २०७६,
रत्ननगर, चितवन ।

रत्ननगरमा आगामी असोज १० बाट राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रत्ननगर ३ मा रहेको पूर्वी चितवन स्पोट्स क्लवको आयोजनामा गर्न लागिएको प्रतियोगितामा नेपालका विभिन्न स्थानका टिमहरुले भाग लिने आयोजकले जनाएको छ । हाल टिम दर्ताको काम साथै मैदान निर्माण र प्रचार प्रसार भैरहेको कार्यक्रमका संयोजक पुरु खनाल बताउछन । प्रास्तावित कर्बडहल निर्माण स्थलमा हुने सो प्रतियोगितमा ३० देखि ५० जिल्लाका खेलाडीहरुको सहभागिता रहने खनालले जानकारी दिए । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २४ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका अर्का संयोजक विकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगिताको लागि टिम दर्ता शुल्क खुल्ला तर्फ ४ हजार र भेट्रन तर्फ २५ सय रुपैया कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा भएको आम्दानी मध्येबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । क्लवका सचिव राजु भट्टराईले यस पटकको खेललाई विशेष बनाइने बताए ।

NO COMMENTS

Leave a Reply