सुकुम्बासी बस्तीमा डेंगुको प्रवेश निषेधका लागी दोभान टोलको सरसफाई

सुकुम्बासी बस्तीमा डेंगुको प्रवेश निषेधका लागी दोभान टोलको सरसफाई

३० भाद्र २०७६,
रत्ननगर, चितवन ।

दोभान टोल बिकाश संस्था भित्र बनेका इकाई समिति रत्ननगर ९ ले आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा डेंगु लगाएतका रोग हरुको महामारी प्रति सचेत बन्दै सरसफाई कार्यक्रमको आयोजना गरिएको दोभान टोल बिकाश संस्थाकि अध्यक्ष उर्मिला पासवानले जानकारी दीइन । यो संस्थाले साप्ताहिक रुपमा सरसफाई कार्यक्रम गर्दै आएको भए पनि हाल रोगहरुको प्रकोप बढेकाले दैनिक रुपमा गाउँ सरसफाई गर्दै आईरहेको छ । सरसफाई कार्यक्रम आयोजना गर्दा हस्तलिखित विभिन्न प्लेकार्डहरु पनि संगै राख्ने गरिएको छ । प्लेकार्डमा “आफु बचौं, गाउँ, समाज र बालबालिकालाई बचाउँ डेङ्गुलाई पर भगाउँ” , “प्लास्टिकका बट्टाहरुलाई व्यवस्थित गरौँ” ,”स्वस्थ रहोस जीवन, सुरक्षित रहोस वातावरण” , “खाल्टा खुल्टि पुरौ, जम्ने पानीलाई ब्यबस्थापन गरौँ ” लगाएतका नाराहरु देख्न सकिन्थियो । यस्ता खालका प्लेकार्डले स्थानीयलाई सचेतना बढ्ने पुन: अध्यक्ष पासवान बताउछिन । गरिब सुकुम्बासीहरु बस्ने यो बस्तीमा वडा तथा नगरपालिकाबाट सरसफाई लगाएत अन्य सचेतनाको कार्यक्रमको योजना नआएको प्रति सम्पूर्ण टोलवासीहरुको दुखेसो थियो ।

1 COMMENT

Leave a Reply