नेपाल दलित महिला उत्थान संघ (एड्वान् ) २० औ वार्षिक साधारण सभा...

नेपाल दलित महिला उत्थान संघ (एड्वान् ) २० औ वार्षिक साधारण सभा सम्पन्न ।

१० आश्विन २०७६,
भरतपुर ।
मदन अछामी
नेपाल दलित महिला उत्थान संघ (एड्वान् )को २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ भने भोलि निर्वाचन हुने (एड्वान् )ले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला महिला विकाश अधिकृत शुसिला वाग्लेले समग्र दलित महिलाहरु अब अगाडी बढ्नुपर्ने बताएकी छिन , विभेदकारी घटना समाजमा बढी भैरहेको हुदा त्यस्ता विभेदकारी हरुलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउदै उनले भरतपुर महानगरपालिकाले दलित महिलाहरुको लागि दलित र गैह्र दलित बीच अन्तरक्रिया लगाएत सहकार्यका कार्यक्रमहरु अगाडी बढाउने जानकारी गराईन । कार्यक्रममा बिशिस्टः अतिथि रत्ननगर कार्यपालिका सदस्य मनकुमारी बि क , अतिथीहरुमा रत्ननगर नगरपालिका वार्ड नम्बर १० कि सदस्य माया नेपालि, रत्ननगर १२ वडा सदस्य सुस्मिता बि क लगाएत विभिन्न जिल्लाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल दलित महिला उत्थान संघ (एड्वान् )कि अध्यक्ष पम्फा परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

NO COMMENTS

Leave a Reply