क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी ।

क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी ।

११ आश्विन २०७६,
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । पूर्व अध्यक्ष समेत रहेका
विजयराज पाण्डेलाई २९ मतान्तरले पराजित गरेका छन् । कुल खसेको ५९ मतमा चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशन सिंह विजयी भए । श्रेष्ठले ४१ मत पाउँदा उनका प्रतिद्वन्द्वी मिङ्ग्मा डण्डू शेर्पाले १७ मत पाए । चन्द समूहबाट सचिवमा निर्वाचित प्याकुरेलले ४३ मत पाउँदा उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत पाए । कोषध्यक्षमा विजयी सिंहले ४५ मत पाउँदा उपेन्द्र भट्टराईले १२ मत मात्र पाएका छन् । प्रदेश १ बाट कैलाश विष्ट र ३ बाट अमितवीर पाण्डे केन्द्रीय सदस्य चुनिएका छन् । खुलातर्फबाट दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र कख महोत्रा क्षेत्री विजयी भएका छन् । केन्द्रीय सदस्यको चुनाव लडेका प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पवन अग्रवाल भने पराजित भएका छन् । यस्तै केन्द्रीय सदस्यहरमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, ४ बाट ऋषिराम गौतम, ५ बाट प्रशान्त विक्रम मल्ल, ६ बाट पदमबहादुर खड्का र ७ बाट विक्रम विष्ट निर्वारोध निर्वाचित भएका थिए । क्रिकेट संघले नयाँ नेतृत्व पाएसँग नेपालको निलम्बन फुकुवाको बाटो खुलेको छ ।

NO COMMENTS

Leave a Reply