नेपालको शानदार जित संगै पारस खड्काको कीर्तिमानी शतक

नेपालको शानदार जित संगै पारस खड्काको कीर्तिमानी शतक

११ आश्विन २०७६,

सिंगापुरमा जारि त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले सिंगापुरलाई पराजित गर्दै शृंखलाको पहिलो जित दर्ता गरेको छ । सिंगापुरलाई धुल चटाइ पारामा हराउन पारस खड्काको शानदार ब्याटिंग प्रमुख थियो । नेपाली क्याप्टेन खड्काले ९ छक्का र ७ चौकाको मद्दतले मात्र ५२ बलमा अविजित १०६ रन बनाए । अन्तरास्ट्रिय मान्यता प्राप्त ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाली खेलाडीले बनाएको यो पहिलो कीर्तिमानी शतक हो । टस जितेर ब्याटिंग गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । सिंगापुरको लागि टिम डेबिटले ६४ रन बनाए । नेपालका लागि करण केसीले २ तथा शुशन भारीले १ विकेट लिए । १५२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो हुन सकेन । खेलको दोश्रो ओभरमा नेपाली ओपनर इशान पाण्डे मात्र ५ रन बनाएर क्याचआउट हुन पुगे , फर्स्टडाउन मा ब्याटिंग गर्न आएका आरिफ शेख र पारस खड्काले दोश्रो विकेटका लागि अविजित १४५ रनको साझेदारी गर्दै नेपालको शानदार जितको यात्रा तय गरे । आरिफले ५ चौकाको मद्दतले ३८ बल सामना गर्दै अविजित ३९ रन बनाए । सिंगापुरका लागि जनक प्रसादले १ विकेट लिनु बाहेक अरु कुनै बलरले विकेट लिन सकेनन । नेपालका लागि शानदार प्रर्दशन गरेका पारस खड्का “म्यान अफ दि म्याच” घोषित भए ।

NO COMMENTS

Leave a Reply