रोमाञ्चक खेलमा सिंगापुर द्वारा जिम्वावे पराजित

रोमाञ्चक खेलमा सिंगापुर द्वारा जिम्वावे पराजित

१२ आश्विन २०७६,

सिंगापुरमा जारि त्रिकोणात्मक टि २० क्रिकेटको भर्खरै सम्पन्न आजको सिंगापुर र जिम्बावे बिचको खेल निकै रोमाञ्चक बन्यो । खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिंग रोजेको सिंगापुरले निर्धारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । सिंगापुरका लागि टिम डेबिट र मन्प्रित सिङ्गले सर्बाधिक ४१ / ४१ रन बनाए । त्यस्तै रोहण रंगार्जनले ३९ रन बनाउदा अन्य ब्याट्समेन हरुले खासै उत्क्रिस्टः प्रदर्शन गर्न सकेनन । जिम्बावेका लागि र्यान बुर्लले ३ तथा रिचार्ड नगर्भले २ विकेट लिए । १८ ओभरमा १८२ रनको लक्ष्य लिएर मैदान उत्रिएको जिम्बावेले सुरुवाती प्रदर्शन सुखद गरे पनि जित हात पर्न सकेन । खेलको १३ औ ओभरमा १४२ रन बनाउदा सम्म मात्र २ विकेट गुमाएको जिम्बावेको पछिल्ला ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पर्यो । जिम्बावेका लागि क्याप्टेन सिम विलियम्सले ६६, ओपनर ब्याट्सम्यान रेबिस चकब्भाले ४८ र सी टि मुतोम्बोद्ज़ीले ३२ रन बनाए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक समेत बनाउन सकेनन । सिंगापुरका लागि अमजद महेबुब र जनक प्रसादले समान २/२ विकेट लिए । ज़िम्बावेलई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको थियो तर उसले ५ रन मात्र बनाउन सक्यो । हिजोको खेलमा नेपाल संग लज्जास्पद हार बेहोरेको सिंगापुरले जिम्बावेलाई पराजित गरे संगै राहतको सास फेरेको छ ।

NO COMMENTS

Leave a Reply