अर्पण साकोसको साधारण सभा सम्पन्न

अर्पण साकोसको साधारण सभा सम्पन्न

१३ आश्विन २०७६,
रत्ननगर ।

रत्ननगर १ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि १० औं बार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष यमन भूषालले प्रस्तुत गरेको बजेट,नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष यमन भूषालले बजेट,नीति तथा कार्यक्रम सचिव सुरज पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष किशोर चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ६ जना उत्कृष्ट बचतकर्ता,३ जना उत्कृष्ट ऋणि,एसईईमा उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थी,एक जना कर्मचारी,एक जना ज्येष्ठ शेयर सदस्य र पत्रकार विकास पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी,जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी,जनजागृति सहकारी संस्थाका अध्यक्ष रमामान्त पौडेल,उज्ज्वल साकोसकी अध्यक्ष ऋतु गिरी,त्रिफला साकोसका अध्यक्ष नारायण आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष यमन भूषालको अध्यक्षतामा भएको थियो ।

NO COMMENTS

Leave a Reply