चितवन : पर्यटन प्रर्वछनका लागि हरेक बर्ष गरिदै आएको चितवन हात्ती महोत्सवको १६ औँ संस्करण पहिलो पटक राष्ट्रियस्तरको खेल पनि समावेश गरिएको छ । पर्यटकीय नगरी चितवनको सौराहामा हनुे् हात्ती महोत्सवको तयारी तिव्र पारिएसगैँ यो पटकदेखि राष्ट्रिय महिला बीच भलिबल खेल थप गरिएको हो ।
यो भम्रण बर्ष समेत हात्ती महोत्सवसगौ गरिने जानकारी दिदै महोत्सवका संयोजक एव संघका वरिष्ठ उपाध्यक्ष राममणी खनालले भने, विगत भन्दा केहि नयाँ प्याकेटसहितको हात्ती महोत्सव हुनेछ ।
यस वर्ष महोत्सवमा राष्ट्रिय महिला बीच भलिबल खेल थप गरिएको भन्दै खनालले भलिबलमा नेपाल पुलिस, एपिएफ तथा नेपाल आर्मी क्लबको महिला भलिबल खेलाडीहरुको समेत सहभागीता जनाउने बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार , दोस्रोलाई ३० हजार, तेस्रोहुने समुहलाई २० हजार र चौथोलाई १० हजार पुरस्कार राशि रहेको संघका कोषध्यक्ष शिवराज ढुवाडीले जानकारी दिए ।
१६ औँ संस्करण हात्ती महोत्सव आगामी पौष १० देखि १८ (डिसेम्बर २६ देखि जनावरी ३ तारिखसम्म ) सञ्चालन हुदैछ ।
महोत्सवको उद्धघाटन पूर्व प्रधानमन्त्री ,नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का जनप्रतिनिधि समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले गर्ने र महोत्सवको समापन प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्ने कार्यतालिका रहेको संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय