चितवन, कालिका नगरपालिका-५ स्थित भीमोदय नमूना माविमा यू.के.एड द्वारा प्रदान गरिने बिद्यालयको गुणस्तर सम्बन्धि अन्तर्राष्ट्रिय स्कूल अवार्ड ( ISA) सम्बन्धमा अन्तरक्रिया सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षतामा सम्पूर्ण शिक्षक, कर्मचारी, बि.व्य.स. पदाधिकारी र शिक्षक अभिभावक संघ बीच शैक्षिक गुणस्तर सम्बन्धमा ब्यापक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा ISA कोर्डिनेटर शिक्षक इन्द्रनाथ पौडेलले अन्तर्राष्ट्रिय स्कूल अवार्ड (ISA) का सम्बन्धमा बिषय प्रवेश गराउनुभएको थियो । बिद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद कंडेलले अन्तर्राष्ट्रिय स्कूल अवार्ड (ISA) का लागि बिद्यालयले संचालन गर्नु पर्ने ७ ओटा प्रोजेक्टहरु, त्यसका मापदण्डहरु, अवसर र चुनौतिहरु माथि प्रकाश पार्नु भएको थियो । २०२०-२१ का लागि भीमोदय नमूना मावि अन्तर्राष्ट्रिय स्कूल अवार्ड (ISA)को प्रतिस्प्रधामा सहभागी हुदैछ । कार्यक्रममा शिक्षकहरुले आ-आफ्नो जिज्ञासाहरु राख्नुभएको थियो । कार्यक्रममा अमृत श्रेष्ठ र उत्तरकुमार अधिकारीले मन्तब्य राख्नु भएको थियो । छलफल पछि प्रधानाध्यापकको नेतृत्वमा १० सदस्सीय ISA व्यवस्थापन तथा कार्यान्वयन समिति गठन भएकोछ ।

बिद्यालयमा सचालन गर्ने प्रोज्र्क्टहरुका लागि ८ जना प्रोजेक्ट हेडहरु छनोट गरिएको छ । आगामी जनवरी १९ भित्र विद्यालायाले ती प्रोजेक्टकोको एक्सन प्लान ब्रिटिश काउन्शिलमा बुझाउनेछ । बिद्यालयले विदेश स्थित ३ ओटा बिद्यालयहरु र एउटा स्थानिय संस्थागत विद्यालय संग पार्टनरसीप प्रोग्राममा कोलाबोरेसन गर्ने छ । एकओटा स्थानिय पाठ्यक्रमा आधारित प्रोजेक्ट, एउटा भाषा सिकाइ सम्बन्धि प्रोजेक्ट र अन्य दुई ईनस्कूल प्रोजेक्टहरु संचालन गर्नेछ । अन्तर्राष्ट्रिय स्कूल अवार्ड (ISA) कार्यक्रम संगै भीमोदयका स्टाफ र बिद्यार्थीहरु बेलायतमा गएर प्रोफेशनल डेभलपमेन्टको शेयारिंग गर्ने अवसर प्राप्त गर्नेछन । त्यसै गरि बिदेशी शिक्षक र बिद्यार्थीहरु भीमोदयमा आउने र संगै सिकाइ गर्ने मौका मिल्नेछ । यसवाट भीमोदय माविको ख्याति अन्तराष्ट्रिय स्तरमा बढ्नेछ । यो अवार्ड प्राप्त गर्न १२ महिनाको अवधिमा अघि भनिएका प्रोजेक्टहरुको सफल संचालन हुनु पर्नेछ । ब्रिटिश काउन्शिलले सहजीकरण तथा मुल्यांकन गर्नका लागि भीमोदय माविमा स्कूल एम्बेसडर तोक्ने छ । प्रस्तावित सबै प्रोजेक्टहरु बिद्यार्थीहरुले लीड गर्ने छन् । सबै उमेर र तहका ७५ % भन्दा बढी बिद्यार्थीहरु प्रत्यक्ष रुपमा प्रोजेक्ट कार्यमा सहभागी हुनु पर्नेछ । प्रोजेक्टहरुले ८० % कन्टेन्ट कभरेज गर्नुका साथै एसडीजी गोल संग लिंक भएको हुनु पर्नेछ । सबै प्रोजेक्टमा ईण्टरनेसनल डाइमेन्सन हुनु पर्दछ । यस कार्यक्रमले भीमोदय माविको पठनपाठन युके बिद्यालय मोडेलमा संचालन गर्न गराउन बाध्य बनाउनेछ । यसले गर्दा बिद्यार्थीहरु ग्लोबली ट्यालेन्ट हुने अवसर निर्माण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय