रत्ननगर ९ स्थित खगेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर रत्ननगर ९ निवासी बर्ष १३ को कल्पित जिसीको ज्यान गएको छ । आज मध्यान्ह १२ बजे घर बाट निस्केका उनि दिनभर साथीहरुको घरमा खेलेका र साँझ ४ बजे साथीहरु संग पौडी खेल्न गएको बेला खोलामा डुबेर ज्यान गएको प्रहरी बिट कृष्णमन्दिरका प्रमुख हवल्दार घनश्याम थापाले जानकारी दिएका छन् ।
जिसी संगै पौडी खेल्न गएका अन्य २ बालकहरुका अनुसार छेउमा पौडी खेलिरहेका उनि अकास्मात गहिराईमा पुगेका थिए । पौडी चाल्ने अनुभव नभएका कारण बालक जिसीको ज्यान गए संगै स्थानीयले सचेतना अपनाउनु पर्ने साथमा आफ्नो बालबालिकाहरुलाई विषेस केयर गर्नुपर्ने घटना भएको टोल जानकी टोलका अध्यक्ष दुर्गा सुबेदीले बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय