दैलेखमा शनिवार मृत्यु भएको ब्यक्तीको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ । क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएपछि मृत्यु कोरोनाको कारण भएको पुष्टी भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको हो । उनको स्वाब तीन दिनअघि परिक्षणको लागी पठाइएको थियो । उनी १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय