रत्ननगर : रत्ननगर १२ मा रहेको पञ्चदिप आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । लायन्स क्लव अफ रत्ननगर समृद्धिकी अध्यक्ष सम्झना घिमिरेको जन्मदिनको अबसरमा सो विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री सहयोग गरिएको हो ।

जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिव तथा विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक र खेलकुलका सामाग्री प्रदान गरेको अध्यक्ष घिमिरेले बताइन । रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक केशव आचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,वडा नं १२ का वडाध्यक्ष विरबहादुर पाख्रिन,शिक्षा शाखाका राजेन्द्र बराल,समाजसेवी उमेशराज घिमिरे,बैरिया माविका प्रधानाध्यापक यवराज शर्मा,क्लवकी निर्वतमान अध्यक्ष गंगा सुवेदी,विद्यालयकी प्रधानाध्यापक शर्मिला भट्ट लगायतले मन्तव्य राखेकी थिएन । क्लवकी अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय