काठमाडौं माघ १९
कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको बताइएको छ ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

यसवर्ष नियमिततर्फ ३ लाख १० हजार ३१६ परीक्षार्थी सहभागि थिए । ग्रेडवृद्धितर्फ ९१ हजार ९ सय छन् । आंशिक तर्फ ३१ हजार ५५ सहभागी छन् । जम्मा कुल ४ लाख ३३ हजार २७१ । एकजनाको परीक्षा रद्द गरिएको छ । यस्तै, ११ हजार ४९० परीक्षा स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय