काठमाडौं, ७ वैशाख : त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो तथा रोमाञ्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्ड ३ विकेटले विजयी भएको छ । २०७ रनको विशाल लक्ष्य पच्छाएको नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य प्राप्त गर्यो ।

नेदरल्याण्डका लागि वास द लेडेले अविजित ८१ तथा बेन कोपरले ५५ रन बनाए । बलिङ्गमा नेपालका सन्दिप लामिछाने ४ त्यस्तै करण के सी , कुशल मल्ल र अविनास बोहराले समान १/१ विकेट लिए पनि नेपालका बलरहरु महंगा सावित हुदा नेपालले पराजय बेहोरेको थियो ।

नेपालका लागी उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाए । जारी सिरिजमा उनको यो लगातार तेस्रो अर्धतकीय पारी हो । योसँगै कुशलले डेब्यू टी-२० सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्वकीर्तिमान पनि बनाएका छन् । त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।
कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरे । उनले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाए ।

बलिङमा भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय