काठमाडौँ । नेपालमा पहिलो पटक डिजिटल भिसा प्रणाली कार्यान्वयनमा आएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीको सुरुवात गरिएको हो ।

यो प्रणालीको सुरुवात गर्दै गृहमन्त्री विष्णु पौडेलले पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गर्नुभएको छ ।

क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने हुँदा त्रुटि हुने सम्भावना कम हुने विभागले जनाएको छ ।

यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरका सबै अध्यागमन कार्यालयमासमेत विस्तार गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय