आईतबार, असार २७, २०७८

काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान भएको फाइनल खेलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

माराकाना रङ्गशालामा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निणर्ायक गोल गर्नुभयो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गर्नुभयो ।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज बाधक बन्नुभयो । जसको कारण ब्राजिल उपाधि गनर्न असफल भएको हो ।

यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल हुनुभएको छ । ३४ वर्षका मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल हुनुभएको हो । अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो ।

अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय