काठमाडौँ । तालिवानी विद्रोही समूहले सत्ता कब्जा गरेपछिको अन्यौलताका बीच अफगानिस्तानमा रहेका नेपाली फर्कन सुरु गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान मात्रै अफगानिस्तानको काबुल लगायतका बिभिन्न स्थानबाट १ सय १८ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु कुवेत एयरलाइन्सको चार्टर्ड विमानबाट काठमाडौँ आएका हुन् । 

अफगानिस्तानमा रहेका नेपाली घर फर्कने प्रक्रिया आजबाट सुरु भएको पनि मन्त्रालयले जनाएको छ । 

नेपालस्थि अमेरिकी दूताबासले फर्केका नेपालीहरुलाई स्वागत गरेको छ ।

दूतावासले ट्विटरमा लेखेको छ, ‘काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय