काठमाडौँ । नेकपा एमाले अन्ततः विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । 

दल दर्ताका लागि अध्यक्ष नेपाल लगायत नेताहरु आयोगमा पुगेका थिए । दल दर्ताको निवेदन दिइए पनि प्रमाणपत्र भने नपाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार ९५ जना केन्द्रीय सदस्य एमाले समाजवादी पार्टीमा छन् भने राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका गरी ३१ जना सांसद सहभागी छन् । पूर्व एमालेका मात्रै ५८ जना केन्द्रीय सदस्य रहेको पनि उहाँले दावी गर्नुभयो । 

झलनाथ खनाललाई वरिष्ठ नेता बनाएर बाँकी सबै केन्द्रीय सदस्य रहेको पनि नेता पाण्डेले जानकारी दिुनभयो ।

‘चुनाव चिन्हका बारेमा अझैँ टुङ्गो लागेको छैन । हामी छलफलमै छौँ, यसअघि नै आयोगमा दर्ता भएको एमाले नामको पार्टी र उसको चुनाव चिन्ह कलमको बारेमा छलफल भएको छ।’ नेता पाण्डेले भन्नुभयो । 

निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि मात्रै आफूहरु सरकारमा जाने उहाँले बताउनुभयो ।

नयाँ दलमा सहभागी नभएका भनिएका नेपाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका बारेमा भने आफूले अहिले नै केही भन्न नसक्ने नेता पाण्डेले उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय