सल्यानमा चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

सरिता चलाउने, सल्यान । सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षिया हिमानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । चट्याङ लागेर घाईते हुनेहरुमा कुमाख गाउँपालिका वडा न ३ का वडा सदस्य ३६ वर्षिय अतिराम राना,श्रीमती ३० वर्षिया दिपा राना, ८ वर्षिय छोरा यमराज राना, २६ वर्षिय टेक बहादुर राना र २३ वर्षिय रणसिहं राना रहेका छन् । उनीहरुको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *