हुम्लामा किट अभाव कोरोना परीक्षण रोकियो

दाने बोहरा, हुम्ला । हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागरिकलाई कोरोना परीक्षण गर्नका लागि किट अभाव भएको छ । जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ । अन्य ६ वटा स्थानीय तहमा किट नहुँदा ठूलो संख्यामा जिल्ला बाहिरबाट उद्धार गरी भित्रिएका नागरीकको परीक्षण रोकिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहका अनुसार कार्यालयसँग भएका सबै किटहरु सकिएका छन् । प्रदेश सरकारले पहिलो पटक पठाएका सबै सकिएपछि परीक्षणमा समस्या निम्तीएको छ । जिल्लाका सातवटै स्थानीय तहमा किट अभावभएपछि कर्णाली प्रदेश सरकारलाई माग गरेको प्रमुख सिंहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *