Authors Posts by admin

admin

296 POSTS 0 COMMENTS

0 9

बारा २२ चैत । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको एउटा टोलीले बिहीबार बाराको हावाहुरी प्रभावित विभिन्न क्षेत्रहरुमा स्थलगत अबलोकन तथा स्थानीय संग अन्तरक्रिया गरेको छ । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती वितरण गर्नु भएको थियो । साथै नेता ढकाल युनिसेफ, राधे राधे धाम लगायत विभिन्न संघ सस्थाको राहत वितरण कार्यक्रममा पनि सहभागी भै सम्पूर्ण स्वयम सबक हरुलाई प्रोत्साहित गर्दै विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको सन्देश प्रवाह गर्नु भयो। अध्यक्ष ढकालले देशको कुनै पनि भूभागका नागरिकको पिडा सबै नागरिकको साझा पिडा हो भन्दै दुखको घडीमा सबै एक भयर सामना गर्नु वताउनु भएको छ । अध्यक्ष ढकालले तीनै तहका सरकार, सुरक्षा अंगहरू र विभिन्न संघ÷संस्थाले राहत तथा उद्धारमा देखाएको योगदानलाई कदर गर्दै भबिष्य पर्न सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न बेलामै उचित साबधानी अपनाउन पनि सरोकारवाला हरुलाई सुझाब दिनु दिए । नेता ढकाल सँगै पार्टीका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, सभासद मिलन राजवंशी, बाराका परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, पर्साकापरिवार दलका जिल्ला अध्यक्ष पल्टन प्रसाद पटेल तथा नेकपाका पूर्वसांसद प्रह्लाद लामिछानेलगायत दर्जनौ सुभ चिन्तक तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

चितवन २२ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम लगभग पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सचिव सन्तोष घिमिरेले बताए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । उत्कृष्ठ स्पाईकर,उत्कृष्ट सेटर,उत्कृष्ठ डिफेन्स,उत्कृष्ठ सर्भर,उत्कृष्ठ कोच र प्रतियोगिताभरका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ठ खेलाडीलाई नगद ७ हजार र अन्य विधाका उत्कृष्ठ खेलाडीलाई ५,५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव घिमिरेले वताए । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको सो हो । प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । सो प्रतियोगिताको मुख्य प्रयोजकमा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) सौराहा रहेको छ ।

0 11

काठमाडौ २२ चेत । काठमाण्डौं उपत्यका सहित देशभरी कै मौसम बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा, पश्चिमी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको विभागको भनाई छ । उच्च हिमाली भागका केही स्थानमा पनि हल्का हिमपातको संभावना देखिन्छ । आज र भोलि मौसममा समस्या देखिएपछि पर्सी आइतबारदेखि भने मौसममा केहि सुधार हुने विभागले बताएको छ ।

काठमाडौ २२ चेत । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँको टुँडिखेलमा अश्व–घोडाकला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ । पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ । टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ । त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् । यो दिनदेखि रायो चमसुर पालुङ्गो छ्यापी सूप लगायतका हरियोपरियो तरकारीको स्वाद क्रमशः समाप्त हुँदै जान्छ भन्ने मान्यता रही आएको छ । टुँडिखेलमा जात्राको तोप हानेपछि फर्सी, सीमी, बोडी, लौका, काँक्रो, झ्याम्टा कोसा, लगायत लहरे बालीको बीउ रोप्ने प्रचलन अद्यापि छ ।

 

काठमाडौ २२ चेत । सर्वोच्च अदालतका प्रस्तावित पाँच न्यायाधीश विरुद्ध आजदेखि उजुरी दिन सकिने भएको छ । संसदीय सुनुवाइ समितिले हिजोको प्रारम्भिक बैठकले प्रस्तावित न्यायाधीश विरुद्धमा कुनै उजुरी भएमा माग गर्ने निर्णय गरेको हो । आजदेखि १० दिन सम्मको समयभित्र सरोकारवाला र सर्वसाधारणले उजुरी दिन सक्नेछन् । सरोकारवाला तथा सर्वसाधारणले प्रस्तावित न्यायाधीश उपर इमेल तथा समिति सचिवालयमा नै उपस्थित भएर उजुरी दिन सक्नेछन् । यस्तै, सबै जिल्ला प्रशासन कार्यालय मार्फत पनि उजुरी दर्ता गर्न सकिनेछ । न्यायपरिषद्ले मङ्गलबार सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतका दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायीलाई सर्वोच्चका न्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्चमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा हुनुहुन्छ । यस्तै, कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ताद्वय हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा हुनुहुन्छ । सुनुवाइ प्रक्रियामा उजुरी आह्वानपछि समितिले उजुरी प्राप्त भएमा समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । समितिले सुनुवाइपछि प्रस्तावित न्यायाधीशलाई स्वीकृत वा अस्वीकृतसम्बन्धी निर्णय गर्नेछ । सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले प्रक्रिया सकेर सोको जानकारी पत्राचार गर्ने निकायलाई पठाउनु पर्नेछ ।

 

काठमाडौ २२ चेत । कर्मचारी समायोजनमा गुनासो संख्या बढीरहेको छ । कर्मचारी समायोजन सकिएको एक साताको अवधिमा १२ हजार कर्मचारीले समायोजनप्रति असन्तुष्टी जनाउँदै गुनासो दर्ता गराएका छन् । समायोजनप्रति असन्तुष्ट तथा समायोजना फारम भरेको ठाउँमा नभई अन्य ठाउँमा परेको भन्दै कर्मचारीले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन समितिमा गुनासो दर्ता गरेका हुन् । दर्ता भएका गुनासाको छानविन प्रक्रिया सुरु भइसकेकाले अबको एकहप्ता भित्र गुनासोको सम्बोधन गरिसक्ने मन्त्रालयका सहसचिव एवम् गुनासो व्यवस्थापन समितिका संयोजक रुपनारायण भट्टराईले सीआइएनसँग बताउनुभयो । सघ, प्रदेश र स्थानीय तहका सबै निकायमा गरि १ लाख ३१ कर्मचारीको समायोजन भइसकेको छ । जसमा सबैभन्दा बढी स्थानीय तहमा ६६ हजार ९ सय ८, संघमा ४८ हजार चारसय ९ र प्रदेशमा २२ हजार ७ सय ९७ कर्मचारी समायोजन भएका थिए ।

RANDOM POSTS

0 19
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...