खेलकुद

१४ आश्विन २०७६,
रत्ननगर ।
रत्ननगरमा रोटरी क्लब अफ रत्ननगर र पत्रकारहरु बिचको मैत्रीपुर्ण फुटबल बराबरीमा सकिएको छ । रोटरी क्लब अफ रत्ननगरको आयोजनामा मंगलबार बागदेवी आधारभुत बिद्यालय जिरौनामा भएको फुटबलमामा निर्धारित ५० मिनेटको खेलमा दुबै पक्षबाट बराबर ३–३ गोल भएपछि खेल बराबरमा सकिएको होे ।


खेलमा रोटरी क्लबको तर्फबाट दिपेन्द्र शर्मा चापागाईले ३ गोल प्रहार गरि ह्याट्रिक गरेका थिए भने पत्रकारको तर्फबाट महेश पाण्डेले २ गोल तथा रबि रोसीले १ गोल प्रहार गरेका थिए ।
कार्यक्रमका सभाअध्यक्ष तथा क्लबका अध्यक्ष बिपीन पोख्रेलले पुर्वी चीतवनमा सक्रिय रुपमा पत्रकारहरुले कलम चलाई रहदा स्वस्थ्य जिवनको लागि खेलकुद एकदमै आवश्यक रहेकाले त्यहि सन्देश दिनका लागि फुटबलको आयोजना गरिएको जानकारी दिए । उनले रोटरी सामाजिक संस्था भएकाले समाजमा धेरै सहयोगको कार्यक्रममा पनि सहभागी भैरहदा यी यस्ता कार्यक्रले उर्जा मिल्ने र आपसी भाईचारा पनि बढ्ने भएकाले अब देखी वार्षीक क्यालेण्डरमानै कार्यक्रम बनाई हरेक वर्ष मैत्रीपुर्ण फुटबल कार्यक्रम गरिने जानकारी दिए ।

प्रमुख अतिथी रोटरी क्लब अफ रत्ननगरका चार्टर प्रसिडेन्ट राजेन्द्र कुमार श्रेष्ठले पत्रकार जगत देशकै चाथो अंग भएकाले पनि रोटरील पत्रकार जगतको सम्मान स्वरुप स्वस्थ्यका लागि खेलकुद भन्ने नारा राखि कार्यक्रम गर्नु निकै ठुलो कुरा भएको बताए । उनले रोटरी क्लब र पत्रकार जगत फुटबल लगाएतका सामाजिक कार्यक्रममा हातेमालो गरि अगाडी बढ्नुपर्ने कुरा ब्यक्त गरे ।

कार्यक्रमका अतिथी राईटपाथ करियर काउन्सीलीङ चितवनका प्रवन्ध निर्देशक शुरज पौडेलले आफुहरुले उच्च शिक्षाकालागि बिद्यार्थीहरुलाई बाहिर पठाउने मात्र नभई यी यस्तै कार्यक्रममा पनि हातेमालो गरेर अगाडी जान चाहेको कुरा ब्यक्त गरे ।

 


पूर्वी चितवन पत्रकार मञ्चलाई दिईएको मायाको चिनो तथा शिल मेडल ग्रहण गदै मञ्चका अध्यक्ष होमनाथ सापकोटाले रोटरीएनहरुसंग खेलिएको खेल निकै सौहार्दपुर्ण भएकोले हरेक बर्ष रोटरीएनहरुसंग खेल खेल्न आफुहरु तयार रहेको कुरा ब्यक्त गरे ।
फुटबल कार्यक्रममा म्यान अफ दि म्याच दुबै टिमका दिपेन्द्र शर्मा चापागाई र ध्रवराज खनाल भए भने प्रत्यक गोलकर्तालाई रोटरीएन नवराज अर्यालले प्रतिगोल एक हजारका दरले रकम प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा मुख्य रेफ्री अजित चौरेल तथा सहायक रेफ्रि सतीष थापा तथा रुमन तमाङ रहेका थिए ।

रोटरी क्लब रत्ननगर र पूर्वी चितवन पत्रकार बिचको मैत्रीपुर्ण फुटबल

रोटरी क्लब रत्ननगर र पूर्वी चितवन पत्रकार बिचको मैत्रीपुर्ण फुटबलका झलकहरु ३/३ गोलले खेल बराबरी

Posted by Chitrawan Online on Tuesday, October 1, 2019

१२ आश्विन २०७६,

सिंगापुरमा जारि त्रिकोणात्मक टि २० क्रिकेटको भर्खरै सम्पन्न आजको सिंगापुर र जिम्बावे बिचको खेल निकै रोमाञ्चक बन्यो । खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिंग रोजेको सिंगापुरले निर्धारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । सिंगापुरका लागि टिम डेबिट र मन्प्रित सिङ्गले सर्बाधिक ४१ / ४१ रन बनाए । त्यस्तै रोहण रंगार्जनले ३९ रन बनाउदा अन्य ब्याट्समेन हरुले खासै उत्क्रिस्टः प्रदर्शन गर्न सकेनन । जिम्बावेका लागि र्यान बुर्लले ३ तथा रिचार्ड नगर्भले २ विकेट लिए । १८ ओभरमा १८२ रनको लक्ष्य लिएर मैदान उत्रिएको जिम्बावेले सुरुवाती प्रदर्शन सुखद गरे पनि जित हात पर्न सकेन । खेलको १३ औ ओभरमा १४२ रन बनाउदा सम्म मात्र २ विकेट गुमाएको जिम्बावेको पछिल्ला ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पर्यो । जिम्बावेका लागि क्याप्टेन सिम विलियम्सले ६६, ओपनर ब्याट्सम्यान रेबिस चकब्भाले ४८ र सी टि मुतोम्बोद्ज़ीले ३२ रन बनाए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक समेत बनाउन सकेनन । सिंगापुरका लागि अमजद महेबुब र जनक प्रसादले समान २/२ विकेट लिए । ज़िम्बावेलई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको थियो तर उसले ५ रन मात्र बनाउन सक्यो । हिजोको खेलमा नेपाल संग लज्जास्पद हार बेहोरेको सिंगापुरले जिम्बावेलाई पराजित गरे संगै राहतको सास फेरेको छ ।

११ आश्विन २०७६,

सिंगापुरमा जारि त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले सिंगापुरलाई पराजित गर्दै शृंखलाको पहिलो जित दर्ता गरेको छ । सिंगापुरलाई धुल चटाइ पारामा हराउन पारस खड्काको शानदार ब्याटिंग प्रमुख थियो । नेपाली क्याप्टेन खड्काले ९ छक्का र ७ चौकाको मद्दतले मात्र ५२ बलमा अविजित १०६ रन बनाए । अन्तरास्ट्रिय मान्यता प्राप्त ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाली खेलाडीले बनाएको यो पहिलो कीर्तिमानी शतक हो । टस जितेर ब्याटिंग गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । सिंगापुरको लागि टिम डेबिटले ६४ रन बनाए । नेपालका लागि करण केसीले २ तथा शुशन भारीले १ विकेट लिए । १५२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो हुन सकेन । खेलको दोश्रो ओभरमा नेपाली ओपनर इशान पाण्डे मात्र ५ रन बनाएर क्याचआउट हुन पुगे , फर्स्टडाउन मा ब्याटिंग गर्न आएका आरिफ शेख र पारस खड्काले दोश्रो विकेटका लागि अविजित १४५ रनको साझेदारी गर्दै नेपालको शानदार जितको यात्रा तय गरे । आरिफले ५ चौकाको मद्दतले ३८ बल सामना गर्दै अविजित ३९ रन बनाए । सिंगापुरका लागि जनक प्रसादले १ विकेट लिनु बाहेक अरु कुनै बलरले विकेट लिन सकेनन । नेपालका लागि शानदार प्रर्दशन गरेका पारस खड्का “म्यान अफ दि म्याच” घोषित भए ।

११ आश्विन २०७६,
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । पूर्व अध्यक्ष समेत रहेका
विजयराज पाण्डेलाई २९ मतान्तरले पराजित गरेका छन् । कुल खसेको ५९ मतमा चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशन सिंह विजयी भए । श्रेष्ठले ४१ मत पाउँदा उनका प्रतिद्वन्द्वी मिङ्ग्मा डण्डू शेर्पाले १७ मत पाए । चन्द समूहबाट सचिवमा निर्वाचित प्याकुरेलले ४३ मत पाउँदा उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत पाए । कोषध्यक्षमा विजयी सिंहले ४५ मत पाउँदा उपेन्द्र भट्टराईले १२ मत मात्र पाएका छन् । प्रदेश १ बाट कैलाश विष्ट र ३ बाट अमितवीर पाण्डे केन्द्रीय सदस्य चुनिएका छन् । खुलातर्फबाट दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र कख महोत्रा क्षेत्री विजयी भएका छन् । केन्द्रीय सदस्यको चुनाव लडेका प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पवन अग्रवाल भने पराजित भएका छन् । यस्तै केन्द्रीय सदस्यहरमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, ४ बाट ऋषिराम गौतम, ५ बाट प्रशान्त विक्रम मल्ल, ६ बाट पदमबहादुर खड्का र ७ बाट विक्रम विष्ट निर्वारोध निर्वाचित भएका थिए । क्रिकेट संघले नयाँ नेतृत्व पाएसँग नेपालको निलम्बन फुकुवाको बाटो खुलेको छ ।

११ आश्विन २०७६,

शुक्रबार टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार ट्वान्टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत घरेलु टोली सिंगापुरसँग खेल्दै छ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने खेलमा नेपाल ट्वान्टी–२० विश्वकप छनोटमा सोही मैदानमा भोगेको पराजयको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिँदै छ। गत जुलाईमा भएको आइसिसी ट्‍वान्टी-२० विश्‍वकप एसिया छनोटको फाइनलमा नेपाललाई ८२ रनले पराजित गर्दै सिंगापुरले विश्‍वकप यात्रामा पूर्णविराम लगाइदिएको थियो। शुक्रबार पहिलो खेलमा पराजय भोगिसकेको नेपालका लागि सोही खेलको बदला लिन आज सहज देखिँदैन। आजको खेल जित्नका लागि नेपालले सुरुआती अर्डरमा ब्याटिङ तथा बलिङमा पनि उल्लेख्य सुधार गरिनु पर्ने हिजोको प्रदर्शनले पुष्टी गरेको छ।

९ आश्विन २०७६,
काठमाडौँ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् ।

कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महिनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन् ।

बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् ।

आईसीसीको टोलीमा टी ट्वान्टी वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।

३० भाद्र २०७६,
रत्ननगर, चितवन ।

रत्ननगरमा आगामी असोज १० बाट राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रत्ननगर ३ मा रहेको पूर्वी चितवन स्पोट्स क्लवको आयोजनामा गर्न लागिएको प्रतियोगितामा नेपालका विभिन्न स्थानका टिमहरुले भाग लिने आयोजकले जनाएको छ । हाल टिम दर्ताको काम साथै मैदान निर्माण र प्रचार प्रसार भैरहेको कार्यक्रमका संयोजक पुरु खनाल बताउछन । प्रास्तावित कर्बडहल निर्माण स्थलमा हुने सो प्रतियोगितमा ३० देखि ५० जिल्लाका खेलाडीहरुको सहभागिता रहने खनालले जानकारी दिए । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २४ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका अर्का संयोजक विकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगिताको लागि टिम दर्ता शुल्क खुल्ला तर्फ ४ हजार र भेट्रन तर्फ २५ सय रुपैया कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा भएको आम्दानी मध्येबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । क्लवका सचिव राजु भट्टराईले यस पटकको खेललाई विशेष बनाइने बताए ।

२४ भाद्र २०७६,
चित्रवन अनलाईन न्युज डेस्क ।
यू-१९ एसिया कप क्रिकेटमा समूह चरणबाट बाहिरिएपछि अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित हात पारेको छ । पहिले ब्याटिंग गरेको नेपालले ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो । २८६ को लक्ष्य पछ्याउने क्रममा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउदै १२५ रन मात्रै बनाउन सक्यो । यूएईका लागि वि्रत्य अरविन्दले सर्वाधिक २८ रन बनाए ।बलिङतर्फ नेपालका सागर ढकालले तीन विकेट लिए भने राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २-२ विकेट लिए । मात्र ८ रन जोड्दा सुरुवाती दुई विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे । रोहितकुमारले ६७ रनमा आउट हुनुअगाडी जितको बलियो आधार खडा गरिसकेका थिए ।आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २०६/७ थियो ।आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे । पछिल्लो लगातार दुई खेल हार्ने क्रममा नेपाल पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो भने नेपाल दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । महत्वपुर्ण दुई खेल सुरुमा नै गुमाउदै गर्दा यो जित नेपालको लागि खल्लो भएको छ ।

२१ भाद्र २०७६,
सिंगापुरमा नेपाली राष्ट्रिय क्रिकेट टिमले सिंगापुर र जिम्बाबे सम्मिलित त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने पक्का भएको छ। सिंगापुर क्रिकेट एसोसिएसनले आज तिन देशले सिरिज खेल्ने घोषणा गरेको हो।२७ सेप्टेम्बर देखि ३ अक्टोबरसम्म चल्ने सिरिजको लागि नेपाली क्रिकेट टिम २५ सेप्टेम्बरमा सिंगापुर प्रस्थान गर्नेछ। युएईमा अक्टोबर ११ देखि आयोजना हुने टि-२० विश्वकपको तयारी स्वरुप सिंगापुरले सिरिजको आयोजना गरको बताएको छ।आईसीसीले सबै सदस्य रास्ट्र बीचको खेलहरुले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाउने घोषणा गरेपछि सिंगापुरले खेल्न लागेको यो नै पहिलो सिरिज हो। २०१९ जनवरी देखि यो लागु हुँदै आएको छ।“सिंगापुर क्रिकेटको लागि यो सिरिज राम्रो परिक्षण हुनेछ। २१ औं वरियतामा रहेको सिंगापुरले ११ औं स्थानमा रहेको नेपाल र १४ औं स्थानमा रहेको जिम्बाबेसंग खेल्नु सिंगापुरको टि-२० विश्वकप छनौट प्रतियोगिताको लागि राम्रो तयारी हुनेछ” सिंगापुर क्रिकेले लेखेको छ।त्रिकोणात्मक सिरिज अन्तर्गत तिन वटै टिमले एक अर्का बिरुद्ध २/२ वटा खेल खेल्नेछन् जसपछि अंक तालिकामा उत्कृस्ट हुने टिमलाई विजेता घोषणा गरिनेछ।सिरिजको पहिलो खेल नेपाल र जिम्बाबे बीच २७ सेप्टेम्बरमा खेलिनेछ। दोश्रो खेलमा नेपालले सिंगापुरसंग २८ सेप्टेम्बरमा खेल्नेछ। तेश्रो खेल सिंगापुर र जिम्बाबे बीच २९ सेप्टेम्बरमा खेलिनेछ। त्यसपछि दोश्रो चरण अन्तर्गत नेपालले जिम्बाबेसंग १ अक्टोबरमा खेल्नेछ। २ अक्टोबरमा नेपालले सिंगापुरसंग खेल्नेछ भने अन्तिम खेल ३ अक्टोबरमा जिम्बाबे र सिंगापुर बीच खेलिनेछ। सबै खेल राति खेलिने सिंगापुर क्रिकेटले बताएको छ।
गत महिना सिंगापुरमा सम्पन्न टि-२० विश्वकप छनौट ( एसीया फाइनल ) प्रतियोगितामा सिंगापुर पहिलो हुँदै टि-२० विश्वकप छनौट खेल्न पहिलो पटक छनौट भएको थियो। अन्तिम खेलमा नेपालले सिंगापुरलाई जित्ने पर्ने परिस्थितिमा नेपाल ८२ रनले पराजित भएको थियो।सिंगापुरमा त्रिकोणात्मक सिरिज खेलीसकेपछि नेपालले ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्ने कार्यक्रम रहेको छ। अक्टोबर ५ देखि १० सम्म ओमानमा खेल्ने प्रतियोगिता पक्का भइसकेको छ। उक्त प्रतियोगितामा आयोजक ओमान सहित, नेपाल , हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्।नेपाली क्रिकेट टिम हाल डिसेम्बर १ देखि नेपालमा आयोजना दक्षिण एसियाली खेलकुदको लागि तयारीमा व्यस्त रहेको छ। प्रतियोगिताको लागि ३५ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको छ। सोहि टिमबाट सिंगापुर र ओमानमा हुने सिरिजको लागि टिम छनौट गरिनेछ।जिम्बाबे क्रिकेटलाई आईसीसीले निलम्बन गरेता पनि बोर्डले आफ्नै पहलमा टिमलाई खेलाउन लागेको हो। निलम्बनको कारण जिम्बाबेले टि-२० विश्वकप छनौट खेल्न पाएन जसको सट्टा अफ्रीकाको टिम नाइजेरियाले प्रतियोगिता खेल्ने मौका पाएको छ।

नेपालले जिम्बाबेसंग गत वर्ष एकदिवसीय विश्वकप छनौटमा खेलेको थियो ।  जिम्बाबेसंग नेपालले पछिल्लो पटक गत वर्ष एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा खेलेको थियो। जिम्बाबेमा सम्पन्न उक्त प्रतियोगितामा नेपाललाई घरेलु टिमले ११६ रनले सहजै पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै जिम्बाबेए दिएको ३८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो। ब्रेण्डन टेलर र सिकन्दर राजाले शतक बनाएका थिए भने नेपालको ब्याटिंगमा शरद भेसवकर र आरिफ शेखले अर्धशतक बनाएका थिए। (साभार – विकेट नेपाल)

२० भाद्र २०७६,
चित्रवन अनलाईन न्युज डेस्क ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पहिलो खेल खेलेको नेपाल आज आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सफल भयो , यो श्रीलंकाको लागि झिनो अंक थियो । १६० रनको सामान्य चुनौती श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा पार गर्यो । श्रीलंकाको जितमा कामिल मिशराले ५५, अहान विक्रमासिंहले ३० रन र अविस्का थरिन्दुले अविजित २५ रन बनाए । नेपालका लागि राशिद खानले दुई विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए । बर्षाको कारण प्रभावित खेलमा नेपालका लागि रित गौतमले ५४ त्यस्तै कप्तान रोहित पौडेलले ४७ रन बनाए ।श्रीलंकाका लागि दिलसान मदुसनका र नभोद दिनुश्रीले समान ३–३ विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ ।

RANDOM POSTS

0 19
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...