खेलकुद

१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । एसिया कप अन्तर्गतको पहिलो दिन आज दुई खेल संचालन हुँदैछ । आज समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तान र समूह ‘ए’ कै अर्को खेलमा भारत र कुवेत बीच भिडन्त हुनेछ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह ‘बि’ मा नेपाल लगायत आयोजक श्रीलंका त्यस्तै बंगलादेश र युएई छन् । नेपालको पहिलो खेल भाद्र २० गते शुक्रबार आयोजक श्रीलंका संग रहेको छ । त्यस्तै आगामी भाद्र २२ गते आइतबार बंगलादेश संग र भाद्र २४ गते मंगलबार युएई संग नेपालले खेल्ने छ । टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउदै अगाडी बढ्न कठिन रहे पनि उच्च मनोबलका साथ् नेपाली टोलि मैदानमा उत्रनेछ ।

१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क ।

विश्वकप फुटबल छनौट अन्तर्गत दोस्रो चरणको खेल आज नेपाल र कुवेत बीच कुवेतको जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार १० बजेर ४५ मिनेटमा सुरु हुदैछ । २०२२ मा कतारमा सम्पन्न सुने विश्वकप फुटबलका लागी छनोटको दोस्रो चरणको खेल आज हुन लागेको हो । यसपछि नेपालको खेल आगामी भाद्र २४ गते चाइनिज ताइपेसँग हुनेछ ।विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन् । नेपाली फुटबल टिम यस प्रकार रहेको छ –
गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी, सरोज दाहाल, रजिन धिमाल ।
मिडफिल्डर : विक्रम लामा, सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, रवि पासवान, तेज तामाङ र रोहित चन्द ।
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।

विश्वकप क्रिकेटको ११ औं खेलमा शुक्रबार ब्रिस्टलमा श्रीलंका र पाकिस्तान प्रतिष्पर्धा गर्दे छन्। यी दुबै टिम इंग्लिस मैदानमा ३६ वर्षपछि एक अर्का्विरुद्ध भिड्न लागेका हुन्। श्रीलंका(पाकिस्तानबिच पछिल्लो पटक १९८३ मा प्रतिष्पर्धा भएको थियो उक्त खेलमा पाकिस्तानले ११ रनले खेल आफ्नो पक्षमा पारेको थियो। श्रीलंकाको टिम पछिल्लो ६ खेलमा पाकिस्तान जीत निकाल्न असफल भएको छ। श्रीलंकाको पछिल्लो जित २०१५ मा निकालेको थियो। हेड टु हेड दुई टिमबीच अहिलेसम्म कुल १५३ एकदिवसीय खेल भएका छन् । जसमा पाकिस्तानले ९० जित निकालेको छ। जसमा श्रीलंकाले ५८ खेलमा जित निकालेको छ। एक खेल बराबरी भएको छ। ४ खेलमा नतिजा निस्किएको छैन् । विश्वकपमा अहिलेसम्म यि दुई टिमबिच ७ पटक भिडन्त भएको छ। जहाँ सबै भिडन्तमा पाकिस्तानले बाजी मारेको छ। खेलका दौरान पानिीपर्ने संभावना रहेको छ। तापक्रम १३ देखी १६ डिग्री हुने अनुमान गरिएको छ।

चितवन १६ जेष्ठ। चितवनको खैरहनीमा विहीवारदेखी दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिका र युवा स्वर्ण तारा क्लवको सयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मेयर चौधरीले नगरपालिकाले शिक्षा,स्वास्थ्य,खेलकुदलाई समानान्तर विकास गर्दै आएको वताए । उनले मेयरकपबाट उत्कृष्ठ खेलाडी छनौट गरेर प्रशिक्षण दिई नगरस्तरीय टिम वनाउने योजना रहेको सुनाए । नगरको सवै वडाहरुमा विभिन्न खेलकुद प्रतियोगिता गरेर खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको समेत मेयर चौधरीले वताए । चालु आर्थिक वर्षमा खैरहनी २ स्थित जनजीवन मावी र खैरहनी १० स्थित कठार माविको खेल मैदान व्यवस्थापन गरिएको वताए । उद्घाटन खेलमा खैरहनी वडा नम्वर ३ र १० बीचको खेल स्थगित भएको छ । खेल सुरु भएको २ मिनेटमै पानी परेपछि आगामी शनिवार आयोजना गर्ने गरी स्थगित भएको प्रतियोगिताका संयोजक एवंम् युवा स्वर्ण तारा क्लवका सचिव सागर अधिकारीले जानकारी दिए । प्रतियोगिता अन्र्तगत शुक्रवार वडा नम्वर ६ र १३ बीच प्रतिस्पर्धा हुने संयोजक अधिकारीले वताए । युवा स्वर्ण तारा क्लवका अध्यक्ष मनोज खड्गीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिताको विजेताले नगद ५० हजार,ट्रफी तथा उपविजेताले नगद २५ हजार रुपैया प्राप्त गर्ने छ ।

चितवन,१६ जेठ । रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् ।

प्रहरीले उनलाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन् । बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । यस घटनाको चौतर्फी बिरोध समेत भईरहेको छ ।

चितवन, ०६ जेठ । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणधीन अवस्थाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ ।
मन्त्री ढुंगेलसहित यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, अर्का प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योगी डाक्टर तिलचन्द्र भट्टराई सहितको टोलीले निर्माणाधीन रंगशाला निरीक्षण गर्नुभएको हो । निर्माणधीन रंगशालाको बारेमा मन्त्री ढुंगेललाई धुर्मुस सुन्तली फाउण्डेशनका प्रतिनिधि चन्द्र खड्का तथा क्युरेटर कमल पाण्डेले जानकारी दिनुभएको थियो । रंगशाला निरीक्षणको अवसरमा मन्त्री ढुंगेलले चितवनमा निर्माण भइरहेको सो रंगशाला प्रदेश ३ को मात्रै नभएर नेपालकै सान भएको बताउनुभयो ।
रंगशाला निर्माणका लागि प्रदेश सरकारको भूमिकाअनुसार सहयोग गर्ने सहयोग गर्ने मन्त्री ढुंगेलले प्रतिवद्धता जनाउनुभयो । ‘अहिले यस क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर निर्माण भइरहेको छ’ मन्त्री ढुंगेलले भन्नुभयो, –‘डीपीआर सकेपछि हामीलाई जे भूमिका दिइन्छ सोही अनुसार प्रदेश सरकारले रंगशाला निर्माणका लागि सहयोग गर्छ ।’ समयमा नै रंगशाला निर्माण सम्पन्न गर्नका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने ढुंगेलले बताउनुभयो ।
सो अवसरमा यसै क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आफूले १० करोड रुपैयाँको योजना प्रदेशसभामा पेस गरेको बताउनुभयो । डीपीआर निर्माणको चरणमा रहेको सो रंगशालाको काम भदौमा शिलान्यास गरेर अगाडि बढाउने तयारी थालिएको छ ।

चितवन २७ चैत्र । चौंथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ । नव युवा कल्ब हर्नरी र चितवन युनाइटेड खैरहनी १३ को आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो ।
आज भएको फाईनल खेलमा सगमाथा रिकण्डीसन हाउसलाई १–३ को सेटमा पराजित गर्दै कालिबाहादुर गण भरतपुर बिजयी भएको छ ।
बिजेता कालिबाहादुर गणले नगद पचास हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने द्धितीय भएको सगमाथा रिकण्डीसन हाउसले नगद ३० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी सगमाथा रिकण्डीसन हाउसका धिरज बस्नेत हुन सफल भएको खेल संयोजक नवराज न्यौपानेले वताए ।

कार्यक्रममा खैरहनी नगरपालीकाका खेलकुद संयोजक तथा वडा नम्वर सातका वडा अध्यक्ष मेनेजर महत्तो प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायीक वनका अध्यक्ष हिरावहादुर गुरुङ्ग , वुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमलसिना , खैरहनी १३ की कार्यवहाक अध्यक्ष टिकादेवि दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम चौथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिताका संयोजक न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चितवन २५ चैत्र ।चौंथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता आज सोमवारदेखि सुरु भएको छ । नव युवा कल्ब हर्नरी र चितवन युनाइटेड खैरहनी १३ को आयोजनामा भएको कार्यक्रम वुधवार सम्म सञ्चालन हुनेछ ।

आज भएको प्रतियोगिताको उद्घाटन खेलमा तिन नम्वर वाहीनी एपिएफ भण्डाराले भरतपुर टे«निङ्ग भरतपुरलाई २५–२२ र २५–२३को सोझो सेटमा पराजित गरेको छ । त्यस्तै आजै भएको दोस्रो खेलमा विपत व्यवस्थापन गण रसौलिलाई २५–१९ र २५–२१ को सेटमा पराजित गर्दै अभियान युवा कलव विरेन्द्रनगर अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

यसै गरि आजै भएको तेस्रो खेलमा सगमाथा रिकण्डीसन हाउस भरतपुरले लामा स्पोर्टस विरेन्द्रनगरलाई २५–१७ र २५–१९ को सोझो सेटमा हराएको छ । त्यस्तै आजको अन्तिम खेलमा कालिवहादुर गण भरतपुरले कालिका सृजनसिल समाज शक्तिखोरलाई २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको खेल संयोजक नवराज न्यौपानेले वताए ।

 

कार्यक्रममा खैरहनी नगरपालीकाका खेलकुद संयोजक तथा वडा नम्वर सातका वडा अध्यक्ष मेनेजर महत्तो प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायीक वनका अध्यक्ष हिरावहादुर गुरुङ्ग , वुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमलसिना , खैरहनी १३ की कार्यवहाक अध्यक्ष टिकादेवि दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

खैरहनी १३ का वडा सदस्य जिवन कार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम चौथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिताका संयोजक न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चितवन २४ चैत । चितवनको रत्ननगरमा आईतवारदेखी मेयर कप अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले साउथन रेल्वे तलिमनाडु भारतलाई सोझो सेटमा पराजीत गर्दै विजयी सुरुवात गरेको छ । नेपाल आर्मीले २५–२०,२५–१४ र २५–१७ को सोझो सेटमा पराजीत गरेको प्रतियोगिता संयोजक बरुनबाबु घिमिरेले जानकारी दिए । चितवन जिल्लाकै सर्वा्धिक पुरस्कार राशीको रहेको प्रतियोगितामा नेपाल आर्मी,तमिलनाडु संगै नेपाल प्रहरी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३ र आयोजक क्लवले लिकका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले रु ३ लाख र उपविजेताले रु १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको एक समारोहका बीच पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै खेलकुदलाई आर्थिक पाटोसंग जोड्नु पर्ने वताए । पूर्व अर्थमन्त्री पाण्डेले प्रतियोगिताले रत्ननगरलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन मद्यत पुर्याउने विश्वास व्यक्त गरे । प्रदेश साँसद कृष्ण खनालले खेलकुदले सम्वन्ध विस्तारमा सहयोग पुर्याउने वताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विकास निर्माण,शैक्षिक,खेलकुदको विकास गर्न स्वामित्व ग्रहण गर्न नगरपालिका तयार रहेको वताए । पर्यटकीय क्षेत्र सौराहा यही रहेको उल्लेख गर्दै मेयर वनले खेलको माध्यमबाट रत्ननगरलाई चिनाउन चाहेको वताए । पञ्चरत्न युवा क्लवका अध्यक्ष उमेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्वेष्ट मोडल कलेजका प्राचार्य जगदिशचन्द्र शर्मा,केशव पाठक लगायतले मन्तव्य राखेका थिए ।

चितवन २४ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्लाकै सर्वा्धिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते आज देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सचिव सन्तोष घिमिरेले बताए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको आयोजकले वताएका छन् । प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । सो प्रतियोगिताको मुख्य प्रयोजकमा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) सौराहा रहेको छ भने आधिकारीक रेडियो , रेडियो अर्पण १०४.५ मेगाहर्ज रहेको छ ।

RANDOM POSTS

0 20
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...