खेलकुद

चितवन २२ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम लगभग पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सचिव सन्तोष घिमिरेले बताए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । उत्कृष्ठ स्पाईकर,उत्कृष्ट सेटर,उत्कृष्ठ डिफेन्स,उत्कृष्ठ सर्भर,उत्कृष्ठ कोच र प्रतियोगिताभरका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ठ खेलाडीलाई नगद ७ हजार र अन्य विधाका उत्कृष्ठ खेलाडीलाई ५,५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव घिमिरेले वताए । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको सो हो । प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । सो प्रतियोगिताको मुख्य प्रयोजकमा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) सौराहा रहेको छ ।

काठमाडौ २२ चेत । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँको टुँडिखेलमा अश्व–घोडाकला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ । पाटनमा एकल कानु घोडालाई हाहाहुहु गर्दै धपाएर पाटन बजार परिक्रमा गराएर यो जात्रा मनाइन्छ । टुन्डी नामक राक्षसले सहरका बालबच्चा मार्न थालेपछि यिनै राक्षसलाई तन्त्र विधिद्वारा सहर बाहिर बाँधेर गाडेपछि घोडाको टापले सधैँका लागि थिचेर राख्नुपर्छ भनेर टुँडिखेलमा घोडेजात्रा मनाउन थालिएको इतिहास छ । त्यतिबेला इतिहासमा टुँडिखेल काठमाडौँ सहर बाहिर पथ्र्यो । उपत्यकाका नेवार समुदायले यो जात्रा धुमधामका साथ मनाउँछन् । यो दिनदेखि रायो चमसुर पालुङ्गो छ्यापी सूप लगायतका हरियोपरियो तरकारीको स्वाद क्रमशः समाप्त हुँदै जान्छ भन्ने मान्यता रही आएको छ । टुँडिखेलमा जात्राको तोप हानेपछि फर्सी, सीमी, बोडी, लौका, काँक्रो, झ्याम्टा कोसा, लगायत लहरे बालीको बीउ रोप्ने प्रचलन अद्यापि छ ।

 

RANDOM POSTS

0 20
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...