चितवन सेरोफेरो

विकास पौडेल
चितवन १४ असोज । हिन्दुहरुको महान् पर्व विजयदशमी , दिपावली एंव छठ पर्वको अवसरमा मंगलवार रत्ननगर नगरपालिका वडा नम्वर ९मा शुभकामना अनदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा वडा कार्यलयको भवन निमार्णको लागि समेत छलफल भएको थियो । वडाले शुभकामना आदान प्रदान साथै भवन निमार्णको लागि सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम को आयोजना गरेको वडा सदस्य सरस्वती लामाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा पुर्व अर्थ मन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले रत्ननगरको सडक विकासको लागि सहरी विकास अन्तर्गत १ अर्व वजेट आएको वताउदै वजेटको सहि सदुपयोग गर्नेेु पर्ने वताउनु भएको थियो । पाण्डेले यस संगै निवार्चन क्षेत्र विकास , तराई मधेस कार्यक्रम अन्तर्गत पनि वजेट हुने भन्दै विकासको गतिले फडकोमार्ने वताए ।

त्यस्तै प्रदेस सभा सदस्य कृष्ण खनालले आफ्नो क्षेत्रको विकासका लागि आफ्नो तर्फ वाट गर्न सक्ने सहयोग गरेको वताउनु भएको छ । खनालले समग्र रत्ननगरको विकासको लागि खगेरी खोला छेउ वाट पर्यटकिय सडक निमार्ण गरि सौराहा, ईकोपार्क हुदै मणिखोला सम्म सफारी गराउन सकिने हुदा यस तर्फ ध्यान दिनुपर्ने वताए । खनालले रत्ननगर ९लाई कृषि भन्दा पनि पर्यटन संग जोड्न सके समगै वडाको प्रगति चाडो हुने र पर्यटकिय क्षेत्रको लागि पनि राम्रो सम्भावना रहेको क्षेत्र भएकोले त्यस तर्फ ध्यान दिनु पर्ने खनालले वताउनु भएको छ ।
आजै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडाका दुई जना जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा ८७ वर्षिय रामचन्द्र अधिकारी र ८६ वर्षिय वेचली राउतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा भित्रका राजनैतिक दलका प्रतिनिधि , विभिन्न संघस्थाका प्रतिनिधि, वालकलवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले वडा भित्रका विभिन्न समस्याहरुको वारेमा आफ्ना प्रतिनिधिहरुको ध्यानकर्षण समेत गराएका थिए । उक्त कार्यक्रम वडा अध्यक्ष रोसश आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

१४ आश्विन २०७६,
रत्ननगर ।
रत्ननगरमा रोटरी क्लब अफ रत्ननगर र पत्रकारहरु बिचको मैत्रीपुर्ण फुटबल बराबरीमा सकिएको छ । रोटरी क्लब अफ रत्ननगरको आयोजनामा मंगलबार बागदेवी आधारभुत बिद्यालय जिरौनामा भएको फुटबलमामा निर्धारित ५० मिनेटको खेलमा दुबै पक्षबाट बराबर ३–३ गोल भएपछि खेल बराबरमा सकिएको होे ।


खेलमा रोटरी क्लबको तर्फबाट दिपेन्द्र शर्मा चापागाईले ३ गोल प्रहार गरि ह्याट्रिक गरेका थिए भने पत्रकारको तर्फबाट महेश पाण्डेले २ गोल तथा रबि रोसीले १ गोल प्रहार गरेका थिए ।
कार्यक्रमका सभाअध्यक्ष तथा क्लबका अध्यक्ष बिपीन पोख्रेलले पुर्वी चीतवनमा सक्रिय रुपमा पत्रकारहरुले कलम चलाई रहदा स्वस्थ्य जिवनको लागि खेलकुद एकदमै आवश्यक रहेकाले त्यहि सन्देश दिनका लागि फुटबलको आयोजना गरिएको जानकारी दिए । उनले रोटरी सामाजिक संस्था भएकाले समाजमा धेरै सहयोगको कार्यक्रममा पनि सहभागी भैरहदा यी यस्ता कार्यक्रले उर्जा मिल्ने र आपसी भाईचारा पनि बढ्ने भएकाले अब देखी वार्षीक क्यालेण्डरमानै कार्यक्रम बनाई हरेक वर्ष मैत्रीपुर्ण फुटबल कार्यक्रम गरिने जानकारी दिए ।

प्रमुख अतिथी रोटरी क्लब अफ रत्ननगरका चार्टर प्रसिडेन्ट राजेन्द्र कुमार श्रेष्ठले पत्रकार जगत देशकै चाथो अंग भएकाले पनि रोटरील पत्रकार जगतको सम्मान स्वरुप स्वस्थ्यका लागि खेलकुद भन्ने नारा राखि कार्यक्रम गर्नु निकै ठुलो कुरा भएको बताए । उनले रोटरी क्लब र पत्रकार जगत फुटबल लगाएतका सामाजिक कार्यक्रममा हातेमालो गरि अगाडी बढ्नुपर्ने कुरा ब्यक्त गरे ।

कार्यक्रमका अतिथी राईटपाथ करियर काउन्सीलीङ चितवनका प्रवन्ध निर्देशक शुरज पौडेलले आफुहरुले उच्च शिक्षाकालागि बिद्यार्थीहरुलाई बाहिर पठाउने मात्र नभई यी यस्तै कार्यक्रममा पनि हातेमालो गरेर अगाडी जान चाहेको कुरा ब्यक्त गरे ।

 


पूर्वी चितवन पत्रकार मञ्चलाई दिईएको मायाको चिनो तथा शिल मेडल ग्रहण गदै मञ्चका अध्यक्ष होमनाथ सापकोटाले रोटरीएनहरुसंग खेलिएको खेल निकै सौहार्दपुर्ण भएकोले हरेक बर्ष रोटरीएनहरुसंग खेल खेल्न आफुहरु तयार रहेको कुरा ब्यक्त गरे ।
फुटबल कार्यक्रममा म्यान अफ दि म्याच दुबै टिमका दिपेन्द्र शर्मा चापागाई र ध्रवराज खनाल भए भने प्रत्यक गोलकर्तालाई रोटरीएन नवराज अर्यालले प्रतिगोल एक हजारका दरले रकम प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा मुख्य रेफ्री अजित चौरेल तथा सहायक रेफ्रि सतीष थापा तथा रुमन तमाङ रहेका थिए ।

रोटरी क्लब रत्ननगर र पूर्वी चितवन पत्रकार बिचको मैत्रीपुर्ण फुटबल

रोटरी क्लब रत्ननगर र पूर्वी चितवन पत्रकार बिचको मैत्रीपुर्ण फुटबलका झलकहरु ३/३ गोलले खेल बराबरी

Posted by Chitrawan Online on Tuesday, October 1, 2019

१३ आश्विन २०७६,
रत्ननगर ।

रत्ननगर १ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि १० औं बार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष यमन भूषालले प्रस्तुत गरेको बजेट,नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष यमन भूषालले बजेट,नीति तथा कार्यक्रम सचिव सुरज पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष किशोर चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ६ जना उत्कृष्ट बचतकर्ता,३ जना उत्कृष्ट ऋणि,एसईईमा उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थी,एक जना कर्मचारी,एक जना ज्येष्ठ शेयर सदस्य र पत्रकार विकास पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी,जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी,जनजागृति सहकारी संस्थाका अध्यक्ष रमामान्त पौडेल,उज्ज्वल साकोसकी अध्यक्ष ऋतु गिरी,त्रिफला साकोसका अध्यक्ष नारायण आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष यमन भूषालको अध्यक्षतामा भएको थियो ।

१३ आश्विन २०७६,
रत्ननगर ।
रत्ननगरमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सभा सोमवार सम्पन्न भएको छ । साधारण सभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । साधारण सभाको उद्घाटन गर्दै रत्ननगरकी उपमेयर विमला दुवाडीले गरिवी निवारणको लागि सहकारीले काम गर्नुपर्ने बताइन । उनले पैसा किनबेचबाट माथी उठेर सहकारीले गरिवी निवारणको लागि उद्यमशिलता विकासको लागि लगानी गर्नुपर्ने बताइन । कार्यक्रममा संस्थाका अध्यक्ष धर्मध्वज लम्सालले बजेट,नीति तथा कार्यक्रम,सचिव लिलानाथ अर्यालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष अनिता अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सो सहकारीमा उत्कृष्ट बचतकर्ताको रुपमा मोहन प्रसाद पाण्डे र असल ऋणिको रुपमा सोविता डल्लाकोटीलाई पुरस्कृत गरेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विनोद रेग्मी,रत्ननगर १० का अध्यक्ष केशव आचार्य लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका संयोजक सीपी अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

महेश पाण्डे
१२ असोज, चितवन ।

सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगरले चितवनको सिद्धीमा रहेका बासिन्दाहरुलाई खुशि बाडेको छ । शनिवार साबिक सिद्धी गाबिसका वडा नं. १० र ११ मा पर्ने र हाल कालिका नगरपालिका वडा नं. ९ र १० मा पर्ने बासिन्दाहलाई एक कार्यक्रमका बिच पेरुमा नमुनाको रुपमा रहेको प्रतियोगितात्मक मोडलमा समुदायमानै बिभीन्न बिधामा प्रतियोगिता गराई पहिला काम र पछि मुल्याङकन गरि पुरस्कृत गर्ने पद्धती अनुशारनै पुरस्कृत गरिएको हो ।

नेपालीको आवाज डट कमसंग कुराकानी गर्दै संस्थाका अध्यक्ष ध्रुव गिरीले भने “हामी करिब ३ बर्ष अगाडी सिद्धिको यो ठाउँमा स्वास्थ्य शिविर गर्न आउदा शिक्षा, स्वास्थ्य, आर्थीक उपार्जन लगाएत हरेक क्षेत्रमा यहा समस्या देखेपछि हाम्रो टिमले यहाँ केहि न केहि गर्नुपर्छ भन्ने सोच बनायो र त्यसपछि काठमाण्डौको एउटा संस्थासंग मिलेर बाटो बनाउने, खानेपानी बिकास लगाएतका क्षेत्रमा सहयोग गर्न थाल्यौ तर त्यो सफल हुने नदेखिएपछि पेरुमा रहेको प्रतियोगितात्मक मोडलमा कार्यक्रम लैजानको लागि केहि कर्मचारीहरुलाई पेरुनै पठाएर तालिम लिन लगायौ र त्यहि मोडलमा कार्यक्रम सञ्चालन गर्यौ जसको परिणाम तपाईले देख्नुभएको छ ।”

पहिला काम अनि पुरस्कारको प्रकृया भएकाले काम गरि पुरस्कार लिन आउनेको कार्यक्रमा उल्लेख्य उपस्थिती देख्न सकिन्थ्यो । जसमा सबैभन्दा धेरै ९० प्रतिशत चेपाङको उपस्थिती थियो भने केहि अन्य जातीका समुदायका मानिसहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतियोगिताका बिधाहरुमा अन्र्तरघर प्रतियोगिता (जस अन्र्तगत परिवार स्वास्थ्य, खानेपानी, सुत्ने ब्यवस्था, सरसफाई आदिलाई हेरेर मुल्याकंन गरिएको जसको पुरस्कार राशि १५००० रहेको), अन्र्तर समुुदाय प्रतियोगिता (जसमा महिला मुख्य भएर सहभागीता जनाउनुपर्ने), अन्र्तर टोल प्रतियोगिता (जसमा सबैटोलको सबैकुरा हेरेर पुरस्कृत गरिएको र पुरस्कार राशि प्रथम ८५ हजार, द्धितीय ६५ हजार, तृतीय ५० हजार रहेको), अन्र्तर बिद्यालय प्रतियोगिता (जसमा सबै बिद्यालयका सबैकुरा हेरेर पुरस्कृत गरिएको र पुरस्कार राशि प्रथम ८५ हजार, द्धितीय ६५ हजार, तृतीय ५० हजार रहेको), स्वास्थ्य स्वंयम सेविका प्रतियोगिता (स्वास्थ्य सेवा दिने कुराहरु, खोप लगाएतका सबैकुरा हेरेर पुरस्कृत गरिएको), उत्कृष्ट कृषक प्रतियोगिता (जसमा सबैटोलमा कृषकहरुले गरेको कामको मुल्याकंन गरि सबैभन्दा राम्रो बोयर जातका १५ वटा बोका बितरण गरिएको, जसको मुल्य करिब ९ लाख रुपैया रहेको) र अन्र्तर निर्णायक प्रतियोगित (जसमा सबै बिधामा मुल्याकंन गर्न र उत्कृष्ट निर्णय गर्नको लागि सहयोग गर्ने निर्णायक) रहेको थियो ।

कालिका वडा नं. ११ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मझवाङ्गमा आयोजना गरिएको चोथो पुरस्कार बितरण, विविध सास्कृतीक कार्यक्रम तथा समापन समारोहका प्रमुख अतिथी प्रतिनीधि सभा सदस्य तथा कानुन न्याय तथा मानव अधिकार संसदिय समितीका सभापति कृष्ण भक्त पोखरेलले सपना भिलेजले गरेको कामको प्रशंसा गर्दै हाल अस्पतालहरुले १० प्रतिशत गरिब समुदायलाई निशुल्क उपचार गर्नुपर्नेमा नगरेको बताउदै अब सरकारले त्यो काम उनिहरुलाई गराएरनै छोड्ने बताए । सरकारी अस्पतालमा त्यस्तो समस्या नभएपनि केहि प्राईभेट मेडिकल कलेजहरु तथा अस्पतालले भने त्यसो नगरेको पाईएकोले अब त्यसो नगरे कार्वाहि समेत हुने बताए । उनले अब कम्युनिष्टले कांग्रेसलाई र कांग्रेसले कम्युनिष्टलाई गालि गर्ने बेला सकिएकोले काम गर्न तर्फ लाग्नुपर्ने पनि बताए । यदि हामीले काम गरेनौ र एकले अर्कालाई गालिगलौज मात्र गर्यौ भने जनताले अब माफी नदिने बताउदै अब काम गर्नुको बिकल्प नभएको बताए ।

प्रदेश नं ३ का सांसद घनश्याम दाहालले यदि चेपाङको स्थितीमानै सुधार नभए संघियतामा गएको केहि अर्थ नहुने बताउदै अब चेपाङको जिवन स्थर सुधार्न आवास सहितको शिक्षा हुनुपर्छ भन्ने सोच अनुरुप प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताए ।

कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले अब गरिवलाई भन्दा पनि गर्नेलाई पुरस्कार दिनुपर्छ भन्दै सपना भिलेज कालिका नगरपालिका को कामलाई सकाएर जान लागेकोमा अझै केहि बर्ष नजान अनुरोध गरे ।

ईच्छा कामना गाउपालिकाकी अध्यक्ष गिता गुरुङले सपना भिलेज अब ईच्छा कामना आउनलागेको सुनेर आफु निकै खुशि भएको बताउदै सिद्धिका जनता जस्तै अब ईच्छा कामनाका पिछडीएका र गरिब बासिन्दाहरु लाभान्वित हुने बताईन ।

कार्यक्रममा बिविध सास्कृतीक कार्यक्रम पनि गरिएको थियो । जसमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु नेत्रजि पन्त, गोबिन्द अधिकारी लगाएतको उपस्थिती रहेको थियो भने रत्ननगर कला मन्दिरले आफ्नो मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरेको थियो

११ आश्विन २०७६,
रत्ननगर ।
रत्ननगर २ टांडीमा रहेको पेवा बचत तथा ऋण सहकारी संस्था लि. को सातौ वार्षिक साधारण सभा आज होटल स्टार व्याङ्क्युट निपनिमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रत्ननगर नगरपालिकाका मेयर नारायण बनले १७११ जना शेयर सदस्य रहेको पेवा बचतलाई शुभकामना व्यक्त गर्दै सहकारीहरु प्रगतिको स्तम्भ बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाको उपप्रमुख बिमला दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिश्चन्द्र सुवेदी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का फिल्ड प्रमुख यमकला सुवेदी लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा एस इ इ मा उत्कृष्ठ अंक प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरी, कर्मचारी, जेष्ठ शेयर सदस्य तथा निवर्तमान कार्यसमितिलाई सम्मान गरिएको थियो । संस्थाका सचिव शिवलाल श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द प्रसाद भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो ।

११ आश्विन २०७६,
चितवन ।
चितवनको भरतपुरमा हुने ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोलिएको छ । साथै उनि माथि निर्घात कुटपिट भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले चितवन मेडिकल कलेजमा टाउकको सिटी स्क्यान गरेर उपचार भईरहेको उपचारमा सहभागि चिकित्सकले जानकारी दिए । स्थानीय युवाहरुले चितवनलाई राजनैतिक अखडा बनाउन खोजिएको भन्दै उनको बिरोध गर्दै स्टेज भत्काए र ब्यानर च्यातिदिए । उनलाई कुट्ने व्यक्ति पत्ता नलागेपनि कुटेको आशंकामा केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनि कुटिए लगत्तै प्रहरीले उद्दार गरि अस्पताल पठाएको छ । स्थिति थप जटिल नहोस भन्नका लागि प्रहरी परिचालन गरिएको छ । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै देशको विभिन्न स्थानमा कार्यक्रम गर्ने क्रममा शाही चितवन आएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले कार्यक्रम गर्न नदिने भने पछि तनाब सिर्जना भएको थियो । चौबिसकोठी स्थित होटल ग्लोबल बाट निस्किएर कार्यक्रमका लागि निस्कने क्रममा उनीमाथि कुटपिट भएको हो साथै उनि चढेको माइक्रोबसमा तोडफोड भएको छ ।

 

१० आश्विन २०७६,
भरतपुर ।
मदन अछामी
नेपाल दलित महिला उत्थान संघ (एड्वान् )को २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ भने भोलि निर्वाचन हुने (एड्वान् )ले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला महिला विकाश अधिकृत शुसिला वाग्लेले समग्र दलित महिलाहरु अब अगाडी बढ्नुपर्ने बताएकी छिन , विभेदकारी घटना समाजमा बढी भैरहेको हुदा त्यस्ता विभेदकारी हरुलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउदै उनले भरतपुर महानगरपालिकाले दलित महिलाहरुको लागि दलित र गैह्र दलित बीच अन्तरक्रिया लगाएत सहकार्यका कार्यक्रमहरु अगाडी बढाउने जानकारी गराईन । कार्यक्रममा बिशिस्टः अतिथि रत्ननगर कार्यपालिका सदस्य मनकुमारी बि क , अतिथीहरुमा रत्ननगर नगरपालिका वार्ड नम्बर १० कि सदस्य माया नेपालि, रत्ननगर १२ वडा सदस्य सुस्मिता बि क लगाएत विभिन्न जिल्लाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल दलित महिला उत्थान संघ (एड्वान् )कि अध्यक्ष पम्फा परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

१० आश्विन २०७६,
रत्ननगर ।
दशैँ तिहार नजिकिए संगै गित संगीतका माध्यमबाट पनि दशैको गित निस्कने क्रम जारी छ ।
यहि अवसर पारेर चितवनकी गायिका सुस्मा पराजुलीले दशैँ तिहार सम्बन्धि गित दशैँ आयो तिहारै आयो सार्बजनिक गरेकी छिन । दशैमा आफ्नो परिवार बाट टाढा रहेकी श्रीमती र शारीरिक अपाङ्गताले नेपालमा नै रहेका श्रीमानको कथा बेथालाई गीतले बोलेको छ । रत्ननगरको मोहना आसपासमा भिडियो छायांकन भएको गीतको भिडियोलाई चितवनकै अनुभवी निर्देशक सुरेन्द्र भण्डारीले निर्देशन गरेका छन् भने मदन अछामी र यमन मगरको छायांकन रहेको छ । गीतलाई रामु आचार्यले सम्पादन गरेका हुन् । सुस्मा पराजुली, दिपक क्षेत्री, टिकाराम लामिछाने, नवलकिशोर गुप्ता लगाएतको अभिनय रहेको गीतमा बाल कलाकार शिरिशा गौतम र दिप्सन गौतमको भूमिका देख्न सकिन्छ । सुस्मा पराजुली र दिपक क्षेत्रीको आवाज रहेको गीतमा आर्यमिक तिवारी बाल गाएकको रुपमा उदाएका छन् । गीतको एरेन्ज किशोर तिवारीले गरेका हुन् ।

८ आश्विन २०७६,
रत्ननगर ।
महेश पाण्डे
चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

बेल्सीमा रहेको कर्वडहल निर्माण स्थलमा खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न मैदान व्यवस्थापन,प्रचारप्रसार र टिमदर्ताको काम अन्तिम चरणमा पुगेको क्लवका सचिव राजु भट्टराईले जानकारी दिए । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ ले आयोजना गरेको सो प्रतियोगितामा ३० देखि ५० जिल्ला करिब १०० वटा टिमको सहभागिता रहने छ । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ । रत्ननगरको खेलकुलको विकास र वडा नं ३ मा प्रस्तावित कवर्डहल निर्माणको लागि दवाब सृजना गर्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए ।

प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २५ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक विकास डल्लाकोटीले जानकारी दिए ।

प्रतियोगिताको लागि टिम दर्ता शुल्क खुल्ला तर्फ ४ हजार र भेट्रन तर्फ २५ सय रुपैया कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा भएको आम्दानी मध्यबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । प्रतियोगितामा आयसर ट्याक्टरको आधिकारीक विक्रेता न्यू एसडी अटो ट्रेडिङ ज्यामिरेले प्रयोजन गरेको छ ।

 

RANDOM POSTS

0 19
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...