चितवन सेरोफेरो

चितवन २४ चैत । पुर्वी चितवनको रत्ननगरमा १० वकुलहर पर्सौनीमा आज एक समारोहका विच दिप ज्योति मल्टी सप्लायर्सको समुद्घाटन गरिएको छ ।
समुद्घाटन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालीका वडा नम्वर १० का वडा अध्यक्ष केशव आचार्य रहनु भएको थियो । आचार्यले व्यपार व्यवसाय वजार केन्द्रित भैरहदा वजार वाट थोरै भित्र स्थापना गरिएको प्रति खुसि व्यक्त गर्नु भएको छ । उहाँले गुणस्तरीय समान विक्री गर्न सके जुनसुकै स्थानवाट पनि व्यपार व्यवसाय गर्न सकिने वताउनु भयो । वडा भित्रका व्यपार व्यवसायको लागि गर्न पर्ने सहयोग गर्न वडा कार्यालय तयार रहेको प्रतिवद्धता जनाउनु भएको छ ।


त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि उधोग वाणिज्य संघ रत्नननगरका अध्यक्ष राजाराम रेग्मी रहनु भएको थियो । रेग्मीले रत्ननगर मै यस्ता प्रकृतिका व्यवसाय स्थापना हुदा नारायणगढ सम्म जान पर्ने वाध्यता हट्ने वताउनु भएको छ । उहाँले सडकका धेलोले गर्दा व्यवसायमा समस्या परेको समेत वताउनु भएको छ । धुलोको कारण समान विग्रने र सिसा लगाउदा उपभोक्त पसल सम्म नआउने गरेको वताउदै सम्वन्धित निकायले चासो दिन पर्ने वताउनु भएको छ । रेग्मीले नयाँ व्यवसायीलाई गर्नु पर्ने सहयोग गर्न संघ तयार रहेको वताउनु भएको छ ।

कार्यक्रममा दिप ज्योति मल्टी सप्लायर्सका निर्देशक सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
दिप ज्योति मल्टी सप्लायर्समा विभिन्न ब्रान्डका एसी , फ्रिज, टि।भि, घडी, वासिङ्ग मेशिन र फर्निचरका सामाग्री नयाँ वर्षको अवसरमा विशेष छुटका साथ उपलव्ध रहेको सञ्चालक ज्ञानेन्द्र कुमार दाहालले वताए ।
कार्यक्रम दिप ज्योति मल्टी सप्लायर्सका सञ्चालक दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


चितवन २४ चैत । चितवनको वरण्डाभार जैविक मार्गको टिकौलीमा रोटरी क्लव अफ रत्ननगरले निर्माण गरेको सार्वजनिक शौचालय आईतवार हस्तान्तरण गरेको छ । रोटरीले जैविक विविधता सुचना केन्द्रलाई संचालनको जिम्मा दिने गरी सो शौचालय एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । रोटरी क्लव अफ रत्ननगरका निर्वा्चित अध्यक्ष एवंम् निर्माण समिति संयोजक विपिन पोखरेलले केन्द्रका अध्यक्ष इश्वरी प्रसाद लामिछानेलाई सम्झौता पत्र र चावी हस्तान्तरण गरे । करिव ५५ लाखको लागतमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले वताए । रोटरीले आफ्ना सदस्यहरुबाट रकम संकलन गर्नुका साथै साविक जिल्ला विकास समिति,रत्ननगर नगरपालिका,रत्ननगर उद्योग वाणिज्य संघ ,साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुर लगायत संघसंस्था तथा व्यक्तीहरुसंग सहयोग जुटाएर शौचालय निर्माण गरेको हो । शिलान्यास भएको ८ वर्ष पछि निर्माण पुरा गरेर जैविक विविधता सुचना केन्द्र टिकौलीलाई शौचालय हस्तान्तरण गरिएको हो । शौचालय संचालन पछि जैविक मार्गमा सवारी रोकेर शौच गर्ने अवस्थाको अन्त्य हुने विश्वास लिईएको छ । रोटरीका निर्वा्चित डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा रोटरीका अध्यक्ष जनक पौडेलले शौचालय निर्माणको आयव्यय विवरण सार्वजनिक गरेका थिए । सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल,डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण पौडेल,रोटरी क्लव अफ रत्ननगरका संस्थापक राजेन्द्र कुमार श्रेष्ठ,रमेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

धु्रवराज खनाल , चैत २४ गते । सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले चितवनमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य र सवारीको यन्त्र परिक्षण कार्य तीव्र पारेको छ । सवारी र त्यसका चालकका कारण पनि दुर्घटना भईरहेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत नयाँ कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अनुसार ट्राफिक प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा क्याम्प खडा गरी चालकको स्वास्थ्य र सवारी यन्त्र परिक्षण गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र गिरीले जानकारी दिए । महिनामा एक पटक मुख्य राजमार्गमा क्याम्प खडा गरेर वृहत रुपमा चेकजाँच गदैै आएको उनले वताए । समुदाय प्रहरी साझेदार कार्यक्रम अनुसार आईतवार पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खैरहनीमा चालकको स्वास्थ्य र सवारीको यन्त्र परिक्षण गरिएको थियो । चितवन मोडल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण र आयाम मोटर्सको प्राविधिक सहयोगमा यान्त्रिक जाँच गरिएको हो । सो अवसरमा चालकहरुको उच्च रक्तचाप,मधुमेह परिक्षण गरिएको थियो । दुर्घटना न्युनिकरण संगै जनचेतना अभिवृद्धी गर्नु कार्यक्रमको उदेश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण ठकुरीले वताए । यसअघि चालकको स्वास्थ्य जाँचका क्रममा केही चालकहरु सवारी चलाउन योग्य नरहेको समेत पाईएको ठकुरीले जानकारी दिए । ट्राफिक प्रहरीले समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत विद्यालय ,क्याम्पसमा लागू पदार्थ सेवन दुव्र्यसनी न्युनिकरण सम्वन्धी जनचेतना फैलाउने,नियमित चेकजाँच गर्ने लगायतका काम गर्दै आईरहेको छ । ट्राफिक प्रहरीले नयाँ कार्यक्रम ल्याएपनि चितवन भने दुर्घटना झनै वढेको छ भन्ने प्रश्नमा ट्राफिक प्रमुख चन्द्र गिरीले कार्यक्रमनै नगरेको भए अवस्था कस्तो हुन्छ भन्ने आकलन गर्न नसकिने वताए । जिल्लामा प्रत्येक दिन जसो सवारी दुर्घटना भईरहेको छ । प्रत्येक दुई दिन एक जनाको सवारी दुर्घटनामै मृत्यु हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक समेत छ ।

चितवन २४ चैत । चितवनको रत्ननगरमा आईतवारदेखी मेयर कप अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले साउथन रेल्वे तलिमनाडु भारतलाई सोझो सेटमा पराजीत गर्दै विजयी सुरुवात गरेको छ । नेपाल आर्मीले २५–२०,२५–१४ र २५–१७ को सोझो सेटमा पराजीत गरेको प्रतियोगिता संयोजक बरुनबाबु घिमिरेले जानकारी दिए । चितवन जिल्लाकै सर्वा्धिक पुरस्कार राशीको रहेको प्रतियोगितामा नेपाल आर्मी,तमिलनाडु संगै नेपाल प्रहरी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३ र आयोजक क्लवले लिकका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले रु ३ लाख र उपविजेताले रु १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको एक समारोहका बीच पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै खेलकुदलाई आर्थिक पाटोसंग जोड्नु पर्ने वताए । पूर्व अर्थमन्त्री पाण्डेले प्रतियोगिताले रत्ननगरलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन मद्यत पुर्याउने विश्वास व्यक्त गरे । प्रदेश साँसद कृष्ण खनालले खेलकुदले सम्वन्ध विस्तारमा सहयोग पुर्याउने वताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विकास निर्माण,शैक्षिक,खेलकुदको विकास गर्न स्वामित्व ग्रहण गर्न नगरपालिका तयार रहेको वताए । पर्यटकीय क्षेत्र सौराहा यही रहेको उल्लेख गर्दै मेयर वनले खेलको माध्यमबाट रत्ननगरलाई चिनाउन चाहेको वताए । पञ्चरत्न युवा क्लवका अध्यक्ष उमेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्वेष्ट मोडल कलेजका प्राचार्य जगदिशचन्द्र शर्मा,केशव पाठक लगायतले मन्तव्य राखेका थिए ।

चितवन २४ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्लाकै सर्वा्धिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते आज देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सचिव सन्तोष घिमिरेले बताए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको आयोजकले वताएका छन् । प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । सो प्रतियोगिताको मुख्य प्रयोजकमा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) सौराहा रहेको छ भने आधिकारीक रेडियो , रेडियो अर्पण १०४.५ मेगाहर्ज रहेको छ ।

चितवन, २३ चैत । रत्ननगर नगरपालिका १० मा रहेको सुनगाभा वाल संसार मन्टेश्वरी प्रि प्राईमरीको आठौ वार्षिकोत्सव तथा साता दिक्षान्त समारोह आज सम्पन्न भएको छ । प्रदेश नम्वर ३ का प्रदेश साँसद कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा विविध सास्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव र दिक्षान्त समारोह सम्पन्न भएकाृ छ । कार्यक्रममा मन्टेश्वरीले एक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको विवरण श्रव्यदृश्य मार्फत प्रर्दशन समेत गरिएको थियो । मन्टेश्वरीकी प्रिन्सीपल भगवती देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,मन्टेश्वरीका प्रवन्ध निर्देशक रमेश भट्ट,सुरज पौडेल,अनिता पौडेल लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगर २३ चैत । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा शनिवार खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ । रत्ननगर ९ मोहनामा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अथिति वडा नं ९ की कार्यबहाक वडाध्यक्ष सरस्वती लामा रहेकी थिइन । कार्यक्रममा इन्जिनियर ज्ञानप्रकास पौडेले खानेपानी वितरणमा अपनाउनु पर्ने सर्तकता र उपभोक्ताको जिम्मेवारी तथा प्रर्दुषण काम गर्ने उपायका बारेमा सहजीकरण गरेको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष भीष्मराज पौडेलले खानेपानीको गुणस्तर सुधारका लागि परिषद सदस्य र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको बताए । कार्यक्रममा खानेपानीका सचिव तथा खानेपानी सुरक्षा समितिका संयोजक कृष्णप्रसाद नेपाल,उपाध्यक्ष रामहरि अधिकारी,कोषाध्यष विष्णु पौडेल,पासर्द नन्दलाल रेग्मी लगायतले मन्तव्य राखेका थिए । खानेपानीका वडा संयोजक अमृत बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानीका पार्सद र टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

रत्ननगर २३ चैत । रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी रत्ननगरमा बृहद रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,रोटरीका असिस्टेन गर्भनर रमेशकुमार श्रेष्ठ र कार्यक्रम संयोजक पोखरेलले ब्लड व्याग रक्तदातालाई हस्तान्तरण गरी रक्तदानको सुरुवात गरेका थिए ।

चितवन २२ चैत । चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम लगभग पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सचिव सन्तोष घिमिरेले बताए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । उत्कृष्ठ स्पाईकर,उत्कृष्ट सेटर,उत्कृष्ठ डिफेन्स,उत्कृष्ठ सर्भर,उत्कृष्ठ कोच र प्रतियोगिताभरका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ठ खेलाडीलाई नगद ७ हजार र अन्य विधाका उत्कृष्ठ खेलाडीलाई ५,५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव घिमिरेले वताए । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको सो हो । प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । सो प्रतियोगिताको मुख्य प्रयोजकमा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) सौराहा रहेको छ ।

RANDOM POSTS

0 20
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...