चितवन सेरोफेरो

विकास पौडेल
रत्ननगर ८ असोज ।
चितवनमा धान रोपेर धानको बाल लाग्ने वेलामा बाला नलाग्ने समस्याले किसान चिन्तित वनेका छन् । पुर्वी चितवनको राप्ति नगरपालिका र खैरहनी नगरपालीकामा सुरुमा देखा परेको यो समस्या यति वेला रत्ननगरमा पनि देखा परेको छ ।

गरिमा नामको हाइव्रेड धानमा यो समस्या देखा परेको छ । यस्तो समस्या देखा पर्दा समेत स्थानिय निकाय मौन रहेको भन्दै रत्ननगरमा मंगलवार भेला भएका किसानको एक समुहले ११ सदस्य गरिमा हाइव्रेड धान वीउ पीडित किसान सङ्घर्ष समिति समेत गठन गरेको छ ।
सङ्घर्ष समितिले वुधवार तीन नम्वर प्रदेश मुख्य मन्त्री डोरमणी पौडेल र रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई ध्यानाकर्षण गराएको छ ।

ज्ञयापन पत्र वुझदै मुख्य मन्त्री पौडेलले मन्त्री र मेयरलाई पनि यस विषयमा जानकारी नहुने भन्दै प्राविधिकहरु संग सल्ला गरेर किसानको समस्या समाधान गर्ने वताउनु भएको छ । उहाँले यो समस्या चितवनभर नै देखिएको जानकारी पाएको र यसको विषयका प्राविधिकवाट अनुगमन हुने वताउनु भएको छ ।

यता रत्ननगरका मेयर वनले गरिमा नामको हाइव्रेड धान भनिए पनि उक्त धानको विउनै नभएको सुनिएको कारण प्राविधिकवाट जाच गरिने र खराव विउ वेच्नेलाई एग्रोभेटलाई कार्वाही गर्ने वताउनु भएको छ ।
सङ्घर्ष समितिले भने स्थानिय निकायले किसानको समस्यालाई सामान्य तरिकाले हेरेको भन्दै ४८ घण्टा भित्र छानविन,क्षेतिपुर्ति लगायतका प्रक्रिया सुरु नगरे रत्ननगरका सम्पुर्ण एग्रोभेटहरुमा तालावन्दि गर्ने अध्यक्ष ओम रेग्मीले वताएका छन् ।

चितवन , असोज ८
पुर्बी चितवन यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड सञ्चालनमा ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउँदै आएको कम्पनीले असोज ६ गतेदेखि असोज १३ गतेसम्म पर्सा,टाँडी र भण्डारामा मेगा एक्सेञ्ज सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत कुनै पनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कूटर खरिद गर्न सक्ने पार्टसका प्रबन्ध उत्तम अधिकारीले जनाएको छ । ग्राहकले कुनै पनि ब्राण्डको पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा न्यूनतम ३० हजार वा अधिकतममा १५ हजार थप मूल्याड्ढन गरी नयाँ मोटसाईकल तथा स्कूटर खरिद गर्न सक्ने साथै हरेक मोटरसाइकल स्कुटर को बिक्री बाट गरिब जेहेन्दार बालबालिकाहरुको शिक्षाको निम्ती कालिका यामाहा कोष मा रू दुईसयका दरले जम्मा गरिने र हाल सो कोषबाट १८ बालबालिकाले शिक्षा पाएको पार्टसका टाँडी शाखा प्रबन्धक रामचन्द्र कोइरालाले जानकारी दिए । साथै सोही अवसरमा ग्राहकले यामाहाको दशैं तिहार योजनामा समेत सहभागिता जनाउन पाउने छन् । जस अन्तर्गत नयाँ बाईक तथा स्कूटर खरिद गर्ने ग्राहकले ७ हजारदेखि १ लाखसम्मको एउटा स्क्राज कार्ड पाउने जनाइएको छ । कम्पनीले यामाहाको दशैं तिहार योजनामा हरेक दिन भाग्यशाली विजेतालाई नगद पुरस्कार १ लाखसम्मको व्यवस्था गरेको छ । कम्पनीले यामाहाको स्वरुममा भिजिट गर्न आउने जुनसुकै ग्राहकलाई पनि हरेक साप्ताहिक लक्की ड्रमा सहभागी गराई आईफोन एक्स उपहारको पनि व्यवस्था गरेको छ ।

७ आश्विन २०७६,
चितवन ।

महेश पाण्डे
गरिमा धानको नाम राखेर प्याकीङ गरि बेचिएको धानको बिउ किनेर धान रोपेका किसान ठगिएको प्रमाणीत भएको छ । रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाको उत्पादन तथा नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ गरेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले धानको बिउको नाममा ब्यापार मात्र गरेको किसानहरुले आरोप लगाएका छन् । चितवन लगाएत देशैभरि अहिले जहां जहां किसानले गरिमा नामक धानको बिउ रोपेका छन सबै ठाउंमा यस्तो समस्या देखिएको रत्ननगर नगरपालिकाका कृषी बिकास अधिकृत प्रवीण लामाले जानकारी दिए ।

रत्ननगरमा बिशेष गरि वडा नं. ३, ७, १०, ११ र १२ बाट अहिले सम्म बढि उजुरी आएको नगरपालिकाका अर्का कृषी बिकास अधिकृत रुद्र बहादुर शाहिले जाकारी दिए । उनले गुनासो लिएर आउने किसान दिन दिनै बढेको बताउदै अब वडा कार्यालय मार्फत यसको एकिन लगत निकाली किसानलाई क्षतिपुर्ती दिने र दिलाउने कुरामा नगरपालिका लाग्ने बताए ।

मंगलबार आफ्नो पिडा र समस्या लिएर नगरपालिकामा बिल सहित निवेदन दिन पुगेका रत्ननगर १० का धान पिडीत किसान ओम प्रसाद रेग्मीले भने “असारमा उत्पादन बढि होला भनेर गरिमा धान चर्को मुल्यमा किनीयो, आशा पनि थियो राम्रो उत्पादन हुन्छ तर ८०, ९० दिन सम्म पनि कुर्दा धानको बाला लाग्नका लागी बाला पट्याउनु पर्ने हुन्छ त्योनै छैन, यसपाली हामीसंग दशैंमा टिका लगाउन चाहीने चामल पनि नहुने स्थिती भयो । अब हामी चुप लाग्दैनौ यदि हामीलाई सोझो देखेर हेपीएको हो भने संघर्ष समिती बनाएरनै अगाडी बढ्छौ ।”

यसैबिच मंगलबारनै भरतपुरको कृषी बिज्ञ सहितको टोली प्रत्यक्ष धानखेतमा गई अवलोकन समेत गरेको छ । बिज्ञ टोलिले धान निरीक्षण गरेपछि रत्ननगरकै किसान दामोदर पौडेलले यो गरिमा धान नभएको जानकारी दिएको बताए । उनले हामीसंगको कुराकानीमा भने “यो धान गरिमा धान होईन, प्याकीङ गर्दा अर्कै धान हालेर बेचेको जस्तो देखियो, तर पनि केहि दिन कुर्नुस बाला लाग्न पनि सक्छ त्यसपछि केहि भनौला भनेर कृषी बिदले भन्नु भएको छ म अब केही समय कुर्छु त्यसपछि पनि बाला लानेन भने हामी धानको बिउ बेच्ने ब्यापारी र उत्पादकलाई त्यसै छोड्दैनौ ।”

किसाने त्यसै त मल नपाएर बिरक्तिएको बेलामा अब झन बाला पनि नलाग्ने स्थिती भएपछि गरिमा धानको बिउलाई बजारमा ल्याउने सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङ तथा यसलाई उत्पादन गर्ने रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले किसानलाई सम्पुर्ण क्षतिपुर्ती दिनुपर्ने बताएका छन् । किसानहरुले अब क्षतिपुर्ती मात्र नभई ब्यापारको नाममा ठगिगर्ने ब्यपारी देखी सबैलाई कार्वाही गर्न माग गरेका छन् । रत्ननगरमा साझा एग्रो भेट सेवाले अधिकांश किसानलाई गरिमा धान बेचेको पाईएको छ ।

७ आश्विन २०७६,
रत्ननगर, चितवन ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) सौराहाले आफ्नो १३ औं बार्षिक साधारण सभा तथा ७ औं अधिबेशनमा पुर्वी चितवन पत्रकार संघलाई सम्मान गरेको छ । पूर्वी चितवनमा कार्यरत रहेका संचारकर्मीहरुको साझा संस्था पुर्वी चितवन पत्रकार संघ र यसमा आबद्द सदस्यहरुले समग्र चितवनको पर्यटन बिकासमा खेलेको भुमिकालाई उच्च मुल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । समग्र पूर्वी चितवनका पत्रकारहरुको तर्फ बाट पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले सम्मान ग्रहण गर्दै यो सम्मानले पूर्वी चितवनका पत्रकारहरुलाई अझ जिम्वेवार तथा निष्ठावान बन्न प्रेरित गर्ने बताए ।

६ आश्विन २०७६,
रत्ननगर, चितवन ।

 

महिलाहरुले सञ्चालन गरेको शान्तिकुञ्ज सामाजिक उद्यामी महिला सहकारी संस्था रत्ननगर १२ कोे ११ औं बार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । साधारण सभाले संस्थाको बजेट,नीति तथा कार्यक्रम पारित गरेको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्ड प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल र जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीको सहभागिता रहेको थियो । सो अबसरमा बोल्दै उनीहरुले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती न्यौपानेले प्रगति प्रतिवेदन र भावि कार्ययोजना,व्यवस्थापक शुशिला खनालले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक अनिता घिमिरेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरकी थिइन । कार्यक्रममा ३ जना असल ऋणि,३ जना उत्कृष्ट वालबचतकर्ता,७ जना उत्कृष्ट किसान तथा संस्थाले सञ्चालन गरेको उपभोक्ता पसलबाट सबै भन्दा बढि सामान खरिद गर्ने ४ वटा समुह,४ जना शेयर सदस्य,पसल सञ्चालनमा सहयोग गर्ने ११ जना पुरुषहरुलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाकी सचिव दुर्गा बरालले जानकारी दिइन ।

कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य निर्मला खड्का,पशु विज्ञ केन्द्र भरतपुरका प्रमुख डा.दयाराम चापागाई,जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी,जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले,हेफर इन्टरनेशलन नेपालकी सकुन्तला रसाईली,महिला समन्वय समितिकी अध्यक्ष गोमा भट्टराई,कार्यक्रम संयोजक सीता पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष सीतादेबी शर्माले स्वागत मन्तव्य राखेकी थिइन ।

४ आश्विन २०७६,
चितवन ।

टरौली सामुदायिक पुस्तकालय र नगर स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा रत्ननगरको टरौलीमा निशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । तथा एभरेस्ट हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा गरिएको शिविरमा ३०२ जनाले स्वास्थ्य परीक्षण गराएको पुस्तकालयका अध्यक्ष सागर मिश्रले जानकारी दिए । । शिविरमा स्वास्थ्य जाँच गराएका विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । १ लाख तीस हजार बराबर रकमको औसधि निशुल्क वितरण गरिएको अध्यक्ष मिश्रले बताए । शिविरको प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । चितवनका वरिष्ठ मुटु रोग विषेशज्ञ डा. शंकर लौडारीको नेतृत्वमा जनरल सर्जरी, पेट रोग विशेषज्ञ डा. सरोज गिरी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. हेमन्त कुमार गुप्ता लगायत अन्य १० जनाको टोलीले विरामीको स्वास्थ्य जाँच गरेका थिए । उद्घाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, रत्ननगर नगरपालिकाका नगर स्वास्थ्य प्रमुख इन्द्रलाल न्यौपाने, एभरेस्ट हस्पिटल प्रा.लि. का सञ्चालक विष्णु अधिकारी, र.न.पा ५, का वडा सदस्यहरू साहु महतो र छन्नु महतो, मृगकुञ्ज उपभोक्ता समितिका उपाध्यक्ष लोकराज भुसाल, नगर स्वास्थ्य केन्द्रका इन्चार्ज माधव प्रसाद सुवेदी, मुक्तिनाथ विकास बैंक पर्सा शाखा म्यानेजर विश्व क्षेत्री, युवा समाज रत्ननगरका अध्यक्ष विशाल पौडेल, उपाध्यक्ष विष्णु पौडेल, युनिक युथ क्लबका अध्यक्ष विकास पौडेल लगायतका अतिथि रहेको कार्यक्रममा टरौली सामुदायिक पुस्तकालयका सल्लाहकार संयोजक लवचन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका विशिस्ट अतिथिहरु रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, रत्ननगर नगरपालिकाका नगर स्वास्थ्य प्रमुख इन्द्रलाल न्यौपाने, मृगकुञ्ज उपभोक्ता समितिका उपाध्यक्ष लोकराज भुसाल, वरिष्ठ मुटु रोग विषेशज्ञ डा. शंकर लौडारी तथा एभरेस्ट हस्पिटल प्रा.लि. का सञ्चालक विष्णु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको अवसर पारेर टरौली सामुदायिक पुस्तकालय विकास सहयोगार्थ स्वरुप रु ३०,०००।(तीस हजार रुपैयाँ) मुक्तिनाथ बिकास बैंक पर्सा शाखाद्वारा बैंक प्रबन्धक विश्व क्षेत्री र कर्जा विभागमा कार्यरत कर्मचारी वास्तविक थपलियाले संयुक्त रुपमा पुस्तकालयका अध्यक्ष सागर मिश्रलाई हस्तान्तरण गरेका । स्वास्थ्य परीक्षण कार्यक्रममा निशुल्क वितरण गरेर बाँकी रहेको करिब ६ हजार बराबरको औष्धि डा. शंकर लौडारीले पुस्तकालय अध्यक्ष सागर मिश्र मार्फत नगर स्वास्थ्य केन्द्र टरौलीको लागि त्यस संस्थाका इन्चार्ज माधवप्रसाद सुवेदीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम सञ्चालन मधु नेपालले गरेका थिए । (साभार-खबर तरङ्ग)

४ आश्विन २०७६,
चितवन ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनमा बकपत्र आजदेखि सुरु हुने भएको छ । घटनाको मुचुल्का बनाउने क्रममा रहेका साक्षी र जाहेरबालाको बकपत्रका लागि आज रबि सहित तीनै जना अदालत उपस्थित हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनसिंगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो भने नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले भदौं ९ गते रिहा गरेको थियो ।

४ आश्विन २०७६,
रत्ननगर ।

बिगत केहि दिन देखि बिना सुचना पूर्वी चितवनमा बिद्युत कटौती हुदै आएको छ । यस बाट आम उपभोक्ता चरम मारमा परिरहेका छन् । पूर्वी चितवन ३३ केवी केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवलाई यस सम्बन्धमा जिज्ञासा राख्दा नजिकिदो चाडबाडमा बिद्युत सेवा अवरुद्द नहोस भन्नका लागी मर्मत सम्भार गरिएरहेको कारण बिगत केहि दिन देखि बिद्युत सेवा सहजताका साथ् प्रदान गर्न नसकिएको बताउछन । मर्मत सम्भारको कम आज पनि जारी रहने हुदा वढौलि ,कठार, सौराहा लगाएतका क्षेत्रमा आज पनि बिद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

३१ भाद्र २०७६,

मनसुनी न्युन चापीय रेखा औषद भन्दा उत्तरी भेग तिर सरेकाले आगामी ३ देखि ४ दिन सम्म बर्षा हुने जल तथा मौशम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको हो । आज देशै भर भारी बर्षा भैरहेको छ र यो क्रम आगामी केहि दिन सम्म पनि रहने सम्बावाना रहेको हुदा बाढी पूर्वमान महाशाखाले आज र भोली कोसी,बागमती,नारायणी,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत  मकबानपुर   बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने जनाएको छ । महाशाखाले सबैलाई उच्च सर्तकर्ता अपनाउँन आग्रह गरेको छ । मध्य तथा पुर्वी भु-भागका एक दुइ स्थानमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । आज कन्काई , कोशी , कमला , बागमती , नारायणी , र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने , सप्तकोशी , बाग्मती , नारायणी , तिनाउ , पूर्वी राप्ती र यसका सहायक नदीमा पनि बहाव सर्तकता तह आसपास हुने अनुमान गरेकोछ । आज पश्चिम राप्ती , बबई , कर्णाली ,महाकालीमा बहाव बढ्ने तथा प्राय सबै नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानमान छ । कमला , बाग्मतीका केही साहयक नदीहरुमा , सप्तकोशी लगायतमा बहाव सतर्कता तह आसपाससम्म पुग्ने अनुमान छ ।

३० भाद्र २०७६,
रत्ननगर, चितवन ।

दोभान टोल बिकाश संस्था भित्र बनेका इकाई समिति रत्ननगर ९ ले आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा डेंगु लगाएतका रोग हरुको महामारी प्रति सचेत बन्दै सरसफाई कार्यक्रमको आयोजना गरिएको दोभान टोल बिकाश संस्थाकि अध्यक्ष उर्मिला पासवानले जानकारी दीइन । यो संस्थाले साप्ताहिक रुपमा सरसफाई कार्यक्रम गर्दै आएको भए पनि हाल रोगहरुको प्रकोप बढेकाले दैनिक रुपमा गाउँ सरसफाई गर्दै आईरहेको छ । सरसफाई कार्यक्रम आयोजना गर्दा हस्तलिखित विभिन्न प्लेकार्डहरु पनि संगै राख्ने गरिएको छ । प्लेकार्डमा “आफु बचौं, गाउँ, समाज र बालबालिकालाई बचाउँ डेङ्गुलाई पर भगाउँ” , “प्लास्टिकका बट्टाहरुलाई व्यवस्थित गरौँ” ,”स्वस्थ रहोस जीवन, सुरक्षित रहोस वातावरण” , “खाल्टा खुल्टि पुरौ, जम्ने पानीलाई ब्यबस्थापन गरौँ ” लगाएतका नाराहरु देख्न सकिन्थियो । यस्ता खालका प्लेकार्डले स्थानीयलाई सचेतना बढ्ने पुन: अध्यक्ष पासवान बताउछिन । गरिब सुकुम्बासीहरु बस्ने यो बस्तीमा वडा तथा नगरपालिकाबाट सरसफाई लगाएत अन्य सचेतनाको कार्यक्रमको योजना नआएको प्रति सम्पूर्ण टोलवासीहरुको दुखेसो थियो ।

RANDOM POSTS

0 19
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...