मनोरञ्जन

१० आश्विन २०७६,
रत्ननगर ।
दशैँ तिहार नजिकिए संगै गित संगीतका माध्यमबाट पनि दशैको गित निस्कने क्रम जारी छ ।
यहि अवसर पारेर चितवनकी गायिका सुस्मा पराजुलीले दशैँ तिहार सम्बन्धि गित दशैँ आयो तिहारै आयो सार्बजनिक गरेकी छिन । दशैमा आफ्नो परिवार बाट टाढा रहेकी श्रीमती र शारीरिक अपाङ्गताले नेपालमा नै रहेका श्रीमानको कथा बेथालाई गीतले बोलेको छ । रत्ननगरको मोहना आसपासमा भिडियो छायांकन भएको गीतको भिडियोलाई चितवनकै अनुभवी निर्देशक सुरेन्द्र भण्डारीले निर्देशन गरेका छन् भने मदन अछामी र यमन मगरको छायांकन रहेको छ । गीतलाई रामु आचार्यले सम्पादन गरेका हुन् । सुस्मा पराजुली, दिपक क्षेत्री, टिकाराम लामिछाने, नवलकिशोर गुप्ता लगाएतको अभिनय रहेको गीतमा बाल कलाकार शिरिशा गौतम र दिप्सन गौतमको भूमिका देख्न सकिन्छ । सुस्मा पराजुली र दिपक क्षेत्रीको आवाज रहेको गीतमा आर्यमिक तिवारी बाल गाएकको रुपमा उदाएका छन् । गीतको एरेन्ज किशोर तिवारीले गरेका हुन् ।

२ आश्विन २०७६,
चित्रवन अनलाईन न्युज डेस्क ।

असोज ३ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले धेरै दर्शकको साथ् पाउने भएको छ , कारण असोज ३ गते शुक्रबार अन्य कुनै हिन्दि फिल्म तथा नेपाली फिल्म संग प्रतिस्प्रधा गर्न नपर्ने भए पछि चलचित्रले धेरै दर्शकको साथ् पाउने पक्कापक्की भएको हो । समग्रमा चलचित्रले बम्पर ओपनिङको अवसर पाएको छ । यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले उच्च शो उपलब्ध गराएका छन् । काठमाण्डौको क्यूएफएक्सले यो चलचित्रलाई अहिलेसम्मकै बढी शो दिएको छ । कुमारी, जय नेपाल, लाबिम, छाया सेन्टर र सिभिलमा गरि यो चलचित्रलाई ३८ शो दिइएको छ । देशभर क्यूएफएक्स चेनमा यो चलचित्रलाई ६४ शो मिलेको छ । यसैले पनि चलचित्रले पहिलो दिनमा नै बम्पर ओपनिङको अवसर पाएको छ । नयाँ चलचित्रको हलमा खडेरी लाग्दा क्यूएफएक्सले मंगलबार नै बुकिङ ओपनिङ गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र हिट चलचित्रको सिरिज भएकाले पनि दर्शकले प्रतिक्षा गरिरहेका छन् । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई लगायतका कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । कबड्डी सिरिजको तेश्रो सिक्वेलले दर्शकको माया कति बटुल्ने छ त्यो भने भोलि देखि थाहा हुनेछ ।

३१ भाद्र २०७६,
चितवन ।
“ऐना” बाट मदन पुरस्कार जित्न सफल चर्चित साहित्यकार रामलाल जोशीको कथा “लोग्नेको माया” को पोस्टर सार्बजनिक गरिएको छ । कार्तिक १० गते लक्ष्मीपुजाको दिन यु-ट्युबमा सार्बजनिक हुने उक्त छोटो चलचित्रको ८० प्रतिशत शुटिंग सकिएको र बाकि शुटिंग केहि दिनमा पुरा हुने निर्माण पक्षले जनाएको छ । चलचित्र युनिटले आज एक कार्यक्रम गरि पोस्टर सार्बजनिक गरेको हो । बृद्ध उमेरको श्रीमान र जवान उमेरको श्रीमती बीचको असमझदारी लाई चलचित्रले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । छोटो चलचित्रमा रामु आचार्य, एलिना बर्देवा,टिकाराम लामिछाने, गोपाल गुरुङ, ज्योती तामांग लगाएतको अभिनय रहेको छ । ह्याप्पी मिडिया नेटवर्कको ब्यानरमा बनेको चलचित्रलाई चितवनका मदन अछामीले खिचेका हुन् भने प्रस्तुतकर्ता गोपाल गुरुङ र निर्मातामा सुयश आचार्य रहेका छन् । चलचित्रलाई सम्पादन तथा निर्देशन रामु आचार्यले गरेका छन् ।

२१ भाद्र २०७६,
चित्रवन अनलाईन न्युज डेस्क
थारु महिला समुदायको महान पर्व जितिया नजिकिदै गर्दा “आयो रे जितिया” बोलको गित र सो गीतको म्युजिक भिडियो लोकार्पण भएको छ । थारु पत्रकार संघ नेपालको चौथो महादिवेशनको उद्घाटन समारोहमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले लोकार्पण गर्नुभएको गीतमा रोहित सिंह चौधरी, अनु चौधरी, समीक्षा चौधरीको आवाज रहेको छ । महरजिया महातो र रोहित सिंह चौधरीको शब्द रचना रहेको गीतमा रोहित सिंह चौधरीको संगीत रहेको छ । उक्त गीतको भिडियोमा सन्तकुमार चौधरीको छायांकन, सुरेश चौधरीको सम्पादन, अजय महतोको कोरियोग्राफी र हिरा चौधरीको निर्देशन रहेको छ ।भिडियोमा वीर चौधरी, विष्णु पञ्‍जियार र रोहित सिंह चौधरीको मुख्‍य भूमिका देख्न सकिन्छ भने कोरसको रुपमा स्थानीय थारु युवायुवतीहरुको नृत्य मनमोहक देख्न सकिन्छ ।

२० भाद्र २०७६,
चित्रवन अनलाईन न्युज डेस्क ।
पछिल्लो केहि समय देखि बन्द भएको नेपाल टेलिभिजन द्वारा प्रशारण हुने बहुचर्चित हास्य टेलिफिल्म भद्रगोल जिग्री, पांडे लगाएतका चर्चित कलाकार बिना नै पुन: आउने भएको छ । नया बिषय बस्तु सहित आउन लागेको भद्रगोलमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना लगायतका कलाकारको अभिनय रहने छ । भद्रगोलको निर्देशन ज्योति काफ्ले र अशोक धितालले संयुक्त रुपमा गर्दैछन । भद्रगोल आज शुक्रबार साँझ ८.४५ बजे नेपाल टेलिभिजनमा प्रशारण हुदैछ ।

१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क  ।
पछिल्लो समय सामाजिक संजालमा कान्तिपुरकी समाचारवाचिका श्री पाण्डे समाचारवालीको नामले भाईरल बनिरहेकी छिन । म्युजिक भिडियो बाट स्क्रिनको दुनियामा इन्ट्री गरेकी श्री पाण्डे टिक टक मा सुन्दरताको कारण चर्चित बनिसकेकी छिन । माइक्रो बायोलोजीमा ब्याचलर सकेकी श्री को पारिवारिक चाहना अर्कै भए पनि उनि स्क्रिनको दुनियामा जम्न पुगिन । हेर्नुहोस उनको भाईरल भएका केहि तस्विरहरु ।

१८ भाद्र २०७६,
चितवन अनलाईन डेस्क,
नेपाल आइडल सिजन ३ को तयारी तिब्रताका साथ् अगाडी बढिरहेको छ । यहि भाद्र ३१ गते बाट अडिसन सुरु हुने नेपाल आइडल टिमले जानकारी दिएको छ । पोखरा, बुटवल, नेपालगंज, बिरगंज र बिर्तामोडमा अडिसन हुने भए पनि देशै भरिका गायनमा रुचि राख्नेहरुले तोकिएको स्थान बाट सहभागी हुन पाउने छ्न । यस अगाडी भएका दुइ सिरिजमा क्रमस : बुद्ध लामा र रबि ओड बिजेता बनेका थिए ।

 

१४ भाद्र २०७६
खैरहनी
पूर्वी चितवनको पर्सा बजारमा रहेको कालिका मोटरसाइकल पाट्सले आज बिगत १ बर्ष भित्रमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नुहुने महिला दिदि बहिनीहरुलाई दर खाने कार्यक्रम आयोजना गर्यो ।तीज सम्पूर्ण नेपाली महिला दिदि बहिनीहरुको महत्वपुर्ण चाड भएको तथा नया नया दिदीबहिनी को परिचय समेत हुने र यस बाट आत्मियता प्रगाढ हुने भएका कारण गएको बर्ष जस्तै यो बर्ष पनि दर खाने कार्यक्रमलाई निरन्तरता दिएको कालिका मोटरसाइकल पाट्सका सेल्स म्यानेजर सुदिप लामिछानेले जानकारी दिए । कार्यक्रममा महिला दिदि बहिनीहरुले तीजका गित गाउनुभएको थियो त्यस्तै आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

 

कार्यक्रममा  100 जना महिला ग्राहकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा यामाहा माइती बनेर मायाको चिनो वितरण गरिएको थियो ।

सामाजिक जनचेतनात्मक टेलिचलचित्र “बाल विवाह” को ट्रेलर सार्बजनिक गरिएको छ ।  ह्याप्पी मिडिया नेटवर्कको ब्यानरमा तयार भएको चलचित्रको कथा लेखन तथा निर्देशन दिबस परियार दले को रहेको छ । कलिलो उमेरमा उचित निर्णय लिन नसक्दा युवतीले पाउने दुख कष्टमा चलचित्र केन्द्रित रहेको छ ।

चलचित्रलाई इमान बस्नेतले खिचेका हुन् भने सम्पादन रामु आचार्यले गरेका छन् । चलचित्रमा एलिना बर्देवा प्रमुख भूमिकामा देखिएकी छिन साथमा शिंह लामा ,प्रमोद ढकाल, निरज काफ्ले, अमृता क्षेत्री, ज्योति लामा लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ चलचित्र आगामी भाद्र १ गते यु-ट्युबमा तथा स्थानिय टेलिभिजनमा सार्बजनिक गरिने छ साथमा बाल देशका विभिन्न क्षेत्रमा च्यारिटि शो गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

 

द्वन्द्व निर्देशकको रुपमा चलचित्र क्षेत्रमा लामो समय बिताएका अष्ट महर्जनले चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । उनको निर्देशनमा बन्ने चलचित्रका लागि मुख्य कलाकार पक्का भइसकेका छन् । यो चलचित्रमा नायिका सारा सिर्पाली, कलाकार कविर खड्का, र प्रितम सेन्चुरी र नायक सरोज खनाल पक्का भएका छन् । निर्देशक महर्जनका अनुसार, यी सबै कलाकार चलचित्रका लागि फाइनल भैसकेका छन् ।

सारा अभिनित ३ वटा चलचित्र नै फ्लप छन् । कविरको डेब्यु चलचित्र पनि असफल भएको थियो । दुबैका लागि यो चलचित्र चुनौतीपूर्ण छ । नव–नायक प्रितमलाई पनि यो क्षेत्रमा लामो समय अगाडि बढ्नका लागि डेब्यू चलचित्र हिट हुनुपर्नेछ । अष्टका अनुसार यो चलचित्र प्रेमकथामा आधारित रहेर बन्नेछ ।

निर्देशक महर्जनले आफूले द्वन्द् निर्देशकको रुपमा परिचय बनाएकाले धेरैले एक्सन चलचित्र नै निर्देशन गर्ने सोच बनाएपनि लभ स्टोरी चलचित्र बनाउन लागेको बताए । चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका छन् ।

चाडै छायांकनमा जाने बताइएको यो चलचित्रको नाम भने खुलाइएको छैन । अष्टले अगाडि भने–‘नाम के राख्ने भन्ने अझै पनि दोधारमा छौ । नाम पक्का भएसँगै पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौ ।’

RANDOM POSTS

0 20
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...