समाज

११ आश्विन २०७६,
चितवन ।
चितवनको भरतपुरमा हुने ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोलिएको छ । साथै उनि माथि निर्घात कुटपिट भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले चितवन मेडिकल कलेजमा टाउकको सिटी स्क्यान गरेर उपचार भईरहेको उपचारमा सहभागि चिकित्सकले जानकारी दिए । स्थानीय युवाहरुले चितवनलाई राजनैतिक अखडा बनाउन खोजिएको भन्दै उनको बिरोध गर्दै स्टेज भत्काए र ब्यानर च्यातिदिए । उनलाई कुट्ने व्यक्ति पत्ता नलागेपनि कुटेको आशंकामा केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनि कुटिए लगत्तै प्रहरीले उद्दार गरि अस्पताल पठाएको छ । स्थिति थप जटिल नहोस भन्नका लागि प्रहरी परिचालन गरिएको छ । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै देशको विभिन्न स्थानमा कार्यक्रम गर्ने क्रममा शाही चितवन आएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले कार्यक्रम गर्न नदिने भने पछि तनाब सिर्जना भएको थियो । चौबिसकोठी स्थित होटल ग्लोबल बाट निस्किएर कार्यक्रमका लागि निस्कने क्रममा उनीमाथि कुटपिट भएको हो साथै उनि चढेको माइक्रोबसमा तोडफोड भएको छ ।

 

१० आश्विन २०७६,
भरतपुर ।
मदन अछामी
नेपाल दलित महिला उत्थान संघ (एड्वान् )को २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ भने भोलि निर्वाचन हुने (एड्वान् )ले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला महिला विकाश अधिकृत शुसिला वाग्लेले समग्र दलित महिलाहरु अब अगाडी बढ्नुपर्ने बताएकी छिन , विभेदकारी घटना समाजमा बढी भैरहेको हुदा त्यस्ता विभेदकारी हरुलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउदै उनले भरतपुर महानगरपालिकाले दलित महिलाहरुको लागि दलित र गैह्र दलित बीच अन्तरक्रिया लगाएत सहकार्यका कार्यक्रमहरु अगाडी बढाउने जानकारी गराईन । कार्यक्रममा बिशिस्टः अतिथि रत्ननगर कार्यपालिका सदस्य मनकुमारी बि क , अतिथीहरुमा रत्ननगर नगरपालिका वार्ड नम्बर १० कि सदस्य माया नेपालि, रत्ननगर १२ वडा सदस्य सुस्मिता बि क लगाएत विभिन्न जिल्लाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल दलित महिला उत्थान संघ (एड्वान् )कि अध्यक्ष पम्फा परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

१० आश्विन २०७६,
रत्ननगर ।
दशैँ तिहार नजिकिए संगै गित संगीतका माध्यमबाट पनि दशैको गित निस्कने क्रम जारी छ ।
यहि अवसर पारेर चितवनकी गायिका सुस्मा पराजुलीले दशैँ तिहार सम्बन्धि गित दशैँ आयो तिहारै आयो सार्बजनिक गरेकी छिन । दशैमा आफ्नो परिवार बाट टाढा रहेकी श्रीमती र शारीरिक अपाङ्गताले नेपालमा नै रहेका श्रीमानको कथा बेथालाई गीतले बोलेको छ । रत्ननगरको मोहना आसपासमा भिडियो छायांकन भएको गीतको भिडियोलाई चितवनकै अनुभवी निर्देशक सुरेन्द्र भण्डारीले निर्देशन गरेका छन् भने मदन अछामी र यमन मगरको छायांकन रहेको छ । गीतलाई रामु आचार्यले सम्पादन गरेका हुन् । सुस्मा पराजुली, दिपक क्षेत्री, टिकाराम लामिछाने, नवलकिशोर गुप्ता लगाएतको अभिनय रहेको गीतमा बाल कलाकार शिरिशा गौतम र दिप्सन गौतमको भूमिका देख्न सकिन्छ । सुस्मा पराजुली र दिपक क्षेत्रीको आवाज रहेको गीतमा आर्यमिक तिवारी बाल गाएकको रुपमा उदाएका छन् । गीतको एरेन्ज किशोर तिवारीले गरेका हुन् ।

विकास पौडेल
रत्ननगर ८ असोज ।
चितवनमा धान रोपेर धानको बाल लाग्ने वेलामा बाला नलाग्ने समस्याले किसान चिन्तित वनेका छन् । पुर्वी चितवनको राप्ति नगरपालिका र खैरहनी नगरपालीकामा सुरुमा देखा परेको यो समस्या यति वेला रत्ननगरमा पनि देखा परेको छ ।

गरिमा नामको हाइव्रेड धानमा यो समस्या देखा परेको छ । यस्तो समस्या देखा पर्दा समेत स्थानिय निकाय मौन रहेको भन्दै रत्ननगरमा मंगलवार भेला भएका किसानको एक समुहले ११ सदस्य गरिमा हाइव्रेड धान वीउ पीडित किसान सङ्घर्ष समिति समेत गठन गरेको छ ।
सङ्घर्ष समितिले वुधवार तीन नम्वर प्रदेश मुख्य मन्त्री डोरमणी पौडेल र रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई ध्यानाकर्षण गराएको छ ।

ज्ञयापन पत्र वुझदै मुख्य मन्त्री पौडेलले मन्त्री र मेयरलाई पनि यस विषयमा जानकारी नहुने भन्दै प्राविधिकहरु संग सल्ला गरेर किसानको समस्या समाधान गर्ने वताउनु भएको छ । उहाँले यो समस्या चितवनभर नै देखिएको जानकारी पाएको र यसको विषयका प्राविधिकवाट अनुगमन हुने वताउनु भएको छ ।

यता रत्ननगरका मेयर वनले गरिमा नामको हाइव्रेड धान भनिए पनि उक्त धानको विउनै नभएको सुनिएको कारण प्राविधिकवाट जाच गरिने र खराव विउ वेच्नेलाई एग्रोभेटलाई कार्वाही गर्ने वताउनु भएको छ ।
सङ्घर्ष समितिले भने स्थानिय निकायले किसानको समस्यालाई सामान्य तरिकाले हेरेको भन्दै ४८ घण्टा भित्र छानविन,क्षेतिपुर्ति लगायतका प्रक्रिया सुरु नगरे रत्ननगरका सम्पुर्ण एग्रोभेटहरुमा तालावन्दि गर्ने अध्यक्ष ओम रेग्मीले वताएका छन् ।

६ आश्विन २०७६,
रत्ननगर, चितवन ।

 

महिलाहरुले सञ्चालन गरेको शान्तिकुञ्ज सामाजिक उद्यामी महिला सहकारी संस्था रत्ननगर १२ कोे ११ औं बार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । साधारण सभाले संस्थाको बजेट,नीति तथा कार्यक्रम पारित गरेको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्ड प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल र जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीको सहभागिता रहेको थियो । सो अबसरमा बोल्दै उनीहरुले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती न्यौपानेले प्रगति प्रतिवेदन र भावि कार्ययोजना,व्यवस्थापक शुशिला खनालले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक अनिता घिमिरेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरकी थिइन । कार्यक्रममा ३ जना असल ऋणि,३ जना उत्कृष्ट वालबचतकर्ता,७ जना उत्कृष्ट किसान तथा संस्थाले सञ्चालन गरेको उपभोक्ता पसलबाट सबै भन्दा बढि सामान खरिद गर्ने ४ वटा समुह,४ जना शेयर सदस्य,पसल सञ्चालनमा सहयोग गर्ने ११ जना पुरुषहरुलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाकी सचिव दुर्गा बरालले जानकारी दिइन ।

कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य निर्मला खड्का,पशु विज्ञ केन्द्र भरतपुरका प्रमुख डा.दयाराम चापागाई,जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी,जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले,हेफर इन्टरनेशलन नेपालकी सकुन्तला रसाईली,महिला समन्वय समितिकी अध्यक्ष गोमा भट्टराई,कार्यक्रम संयोजक सीता पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष सीतादेबी शर्माले स्वागत मन्तव्य राखेकी थिइन ।

४ आश्विन २०७६,
रत्ननगर ।

बिगत केहि दिन देखि बिना सुचना पूर्वी चितवनमा बिद्युत कटौती हुदै आएको छ । यस बाट आम उपभोक्ता चरम मारमा परिरहेका छन् । पूर्वी चितवन ३३ केवी केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवलाई यस सम्बन्धमा जिज्ञासा राख्दा नजिकिदो चाडबाडमा बिद्युत सेवा अवरुद्द नहोस भन्नका लागी मर्मत सम्भार गरिएरहेको कारण बिगत केहि दिन देखि बिद्युत सेवा सहजताका साथ् प्रदान गर्न नसकिएको बताउछन । मर्मत सम्भारको कम आज पनि जारी रहने हुदा वढौलि ,कठार, सौराहा लगाएतका क्षेत्रमा आज पनि बिद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

४ आश्विन २०७६,
गोरखा ।
आज बिहान ६ बजेर १९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रविन्दू भएर भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरीएको थियो ।

३ आश्विन २०७६,
काठमाडौं ।

संविधानसभाले संविधान जारी गरेको आज ४ वर्ष पूरा भएको छ । यसै अवसरमा आज देशैभर विविध कार्यक्रम गरि संबिधान दिवस मनाइदै छ । यसै सन्दर्भमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गर्दै छ जसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ । त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् । ४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् । तथापि, केही मधेसवादी दलमा भने विरोधाभाष देखिएको छ । संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् । सरकारले भव्य ढंगले संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् । मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् । (श्रोत अनलाईन खबर)

१ आश्विन २०७६,
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्यगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्वम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन-वृदि र राष्टीय समृध्दिका लागि एक संकलप दिवस हो । यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी ईनजीनियरिग संस्थामा धेरै नै हर्षलासका साथ सम्पन्न हुने गर्छ । मानिस भ्रम वश यस पर्वलाई विश्वकर्मा जयन्ति मान्छन् । तर यो सर्वदा अनुचित छ । भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो । यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ । (श्रोत-गुगल)

१ आश्विन २०७६,
यतिबेला देशभर मुशलधारे बर्षा भैरहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण मौशममा प्रभाव परेको हो । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले पानी परिरहेको छ । हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यस वर्ष नेपालमा १० दिन ढिलो मनसुन भित्रिएको थियो । विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ । गत वर्ष अक्टुबर ५ बाट नेपालमा मनसुन अवधि सकिएको थियो भने सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो । पूर्वानुमान महाशाखाको अनुसार मंगलबार र बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । बिहिबार बाट मौशममा पूर्ण सुधार हुने अनुमान मौशम पूर्वानुमान महाशाखाले गरेको छ ।

RANDOM POSTS

0 19
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...