Blog Page 2

११ आश्विन २०७६,
काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । पूर्व अध्यक्ष समेत रहेका
विजयराज पाण्डेलाई २९ मतान्तरले पराजित गरेका छन् । कुल खसेको ५९ मतमा चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशन सिंह विजयी भए । श्रेष्ठले ४१ मत पाउँदा उनका प्रतिद्वन्द्वी मिङ्ग्मा डण्डू शेर्पाले १७ मत पाए । चन्द समूहबाट सचिवमा निर्वाचित प्याकुरेलले ४३ मत पाउँदा उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत पाए । कोषध्यक्षमा विजयी सिंहले ४५ मत पाउँदा उपेन्द्र भट्टराईले १२ मत मात्र पाएका छन् । प्रदेश १ बाट कैलाश विष्ट र ३ बाट अमितवीर पाण्डे केन्द्रीय सदस्य चुनिएका छन् । खुलातर्फबाट दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र कख महोत्रा क्षेत्री विजयी भएका छन् । केन्द्रीय सदस्यको चुनाव लडेका प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पवन अग्रवाल भने पराजित भएका छन् । यस्तै केन्द्रीय सदस्यहरमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, ४ बाट ऋषिराम गौतम, ५ बाट प्रशान्त विक्रम मल्ल, ६ बाट पदमबहादुर खड्का र ७ बाट विक्रम विष्ट निर्वारोध निर्वाचित भएका थिए । क्रिकेट संघले नयाँ नेतृत्व पाएसँग नेपालको निलम्बन फुकुवाको बाटो खुलेको छ ।

११ आश्विन २०७६,

शुक्रबार टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार ट्वान्टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत घरेलु टोली सिंगापुरसँग खेल्दै छ।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने खेलमा नेपाल ट्वान्टी–२० विश्वकप छनोटमा सोही मैदानमा भोगेको पराजयको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिँदै छ। गत जुलाईमा भएको आइसिसी ट्‍वान्टी-२० विश्‍वकप एसिया छनोटको फाइनलमा नेपाललाई ८२ रनले पराजित गर्दै सिंगापुरले विश्‍वकप यात्रामा पूर्णविराम लगाइदिएको थियो। शुक्रबार पहिलो खेलमा पराजय भोगिसकेको नेपालका लागि सोही खेलको बदला लिन आज सहज देखिँदैन। आजको खेल जित्नका लागि नेपालले सुरुआती अर्डरमा ब्याटिङ तथा बलिङमा पनि उल्लेख्य सुधार गरिनु पर्ने हिजोको प्रदर्शनले पुष्टी गरेको छ।

१० आश्विन २०७६,
भरतपुर ।
मदन अछामी
नेपाल दलित महिला उत्थान संघ (एड्वान् )को २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ भने भोलि निर्वाचन हुने (एड्वान् )ले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला महिला विकाश अधिकृत शुसिला वाग्लेले समग्र दलित महिलाहरु अब अगाडी बढ्नुपर्ने बताएकी छिन , विभेदकारी घटना समाजमा बढी भैरहेको हुदा त्यस्ता विभेदकारी हरुलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउदै उनले भरतपुर महानगरपालिकाले दलित महिलाहरुको लागि दलित र गैह्र दलित बीच अन्तरक्रिया लगाएत सहकार्यका कार्यक्रमहरु अगाडी बढाउने जानकारी गराईन । कार्यक्रममा बिशिस्टः अतिथि रत्ननगर कार्यपालिका सदस्य मनकुमारी बि क , अतिथीहरुमा रत्ननगर नगरपालिका वार्ड नम्बर १० कि सदस्य माया नेपालि, रत्ननगर १२ वडा सदस्य सुस्मिता बि क लगाएत विभिन्न जिल्लाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल दलित महिला उत्थान संघ (एड्वान् )कि अध्यक्ष पम्फा परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

१० आश्विन २०७६,
रत्ननगर ।
दशैँ तिहार नजिकिए संगै गित संगीतका माध्यमबाट पनि दशैको गित निस्कने क्रम जारी छ ।
यहि अवसर पारेर चितवनकी गायिका सुस्मा पराजुलीले दशैँ तिहार सम्बन्धि गित दशैँ आयो तिहारै आयो सार्बजनिक गरेकी छिन । दशैमा आफ्नो परिवार बाट टाढा रहेकी श्रीमती र शारीरिक अपाङ्गताले नेपालमा नै रहेका श्रीमानको कथा बेथालाई गीतले बोलेको छ । रत्ननगरको मोहना आसपासमा भिडियो छायांकन भएको गीतको भिडियोलाई चितवनकै अनुभवी निर्देशक सुरेन्द्र भण्डारीले निर्देशन गरेका छन् भने मदन अछामी र यमन मगरको छायांकन रहेको छ । गीतलाई रामु आचार्यले सम्पादन गरेका हुन् । सुस्मा पराजुली, दिपक क्षेत्री, टिकाराम लामिछाने, नवलकिशोर गुप्ता लगाएतको अभिनय रहेको गीतमा बाल कलाकार शिरिशा गौतम र दिप्सन गौतमको भूमिका देख्न सकिन्छ । सुस्मा पराजुली र दिपक क्षेत्रीको आवाज रहेको गीतमा आर्यमिक तिवारी बाल गाएकको रुपमा उदाएका छन् । गीतको एरेन्ज किशोर तिवारीले गरेका हुन् ।

९ आश्विन २०७६,
काठमाडौँ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् ।

कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महिनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन् ।

बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् ।

आईसीसीको टोलीमा टी ट्वान्टी वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।

८ आश्विन २०७६,
रत्ननगर ।
महेश पाण्डे
चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

बेल्सीमा रहेको कर्वडहल निर्माण स्थलमा खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न मैदान व्यवस्थापन,प्रचारप्रसार र टिमदर्ताको काम अन्तिम चरणमा पुगेको क्लवका सचिव राजु भट्टराईले जानकारी दिए । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ ले आयोजना गरेको सो प्रतियोगितामा ३० देखि ५० जिल्ला करिब १०० वटा टिमको सहभागिता रहने छ । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ । रत्ननगरको खेलकुलको विकास र वडा नं ३ मा प्रस्तावित कवर्डहल निर्माणको लागि दवाब सृजना गर्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए ।

प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २५ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक विकास डल्लाकोटीले जानकारी दिए ।

प्रतियोगिताको लागि टिम दर्ता शुल्क खुल्ला तर्फ ४ हजार र भेट्रन तर्फ २५ सय रुपैया कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा भएको आम्दानी मध्यबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । प्रतियोगितामा आयसर ट्याक्टरको आधिकारीक विक्रेता न्यू एसडी अटो ट्रेडिङ ज्यामिरेले प्रयोजन गरेको छ ।

 

विकास पौडेल
रत्ननगर ८ असोज ।
चितवनमा धान रोपेर धानको बाल लाग्ने वेलामा बाला नलाग्ने समस्याले किसान चिन्तित वनेका छन् । पुर्वी चितवनको राप्ति नगरपालिका र खैरहनी नगरपालीकामा सुरुमा देखा परेको यो समस्या यति वेला रत्ननगरमा पनि देखा परेको छ ।

गरिमा नामको हाइव्रेड धानमा यो समस्या देखा परेको छ । यस्तो समस्या देखा पर्दा समेत स्थानिय निकाय मौन रहेको भन्दै रत्ननगरमा मंगलवार भेला भएका किसानको एक समुहले ११ सदस्य गरिमा हाइव्रेड धान वीउ पीडित किसान सङ्घर्ष समिति समेत गठन गरेको छ ।
सङ्घर्ष समितिले वुधवार तीन नम्वर प्रदेश मुख्य मन्त्री डोरमणी पौडेल र रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई ध्यानाकर्षण गराएको छ ।

ज्ञयापन पत्र वुझदै मुख्य मन्त्री पौडेलले मन्त्री र मेयरलाई पनि यस विषयमा जानकारी नहुने भन्दै प्राविधिकहरु संग सल्ला गरेर किसानको समस्या समाधान गर्ने वताउनु भएको छ । उहाँले यो समस्या चितवनभर नै देखिएको जानकारी पाएको र यसको विषयका प्राविधिकवाट अनुगमन हुने वताउनु भएको छ ।

यता रत्ननगरका मेयर वनले गरिमा नामको हाइव्रेड धान भनिए पनि उक्त धानको विउनै नभएको सुनिएको कारण प्राविधिकवाट जाच गरिने र खराव विउ वेच्नेलाई एग्रोभेटलाई कार्वाही गर्ने वताउनु भएको छ ।
सङ्घर्ष समितिले भने स्थानिय निकायले किसानको समस्यालाई सामान्य तरिकाले हेरेको भन्दै ४८ घण्टा भित्र छानविन,क्षेतिपुर्ति लगायतका प्रक्रिया सुरु नगरे रत्ननगरका सम्पुर्ण एग्रोभेटहरुमा तालावन्दि गर्ने अध्यक्ष ओम रेग्मीले वताएका छन् ।

चितवन , असोज ८
पुर्बी चितवन यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड सञ्चालनमा ल्याएको छ ।
आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउँदै आएको कम्पनीले असोज ६ गतेदेखि असोज १३ गतेसम्म पर्सा,टाँडी र भण्डारामा मेगा एक्सेञ्ज सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत कुनै पनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कूटर खरिद गर्न सक्ने पार्टसका प्रबन्ध उत्तम अधिकारीले जनाएको छ । ग्राहकले कुनै पनि ब्राण्डको पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा न्यूनतम ३० हजार वा अधिकतममा १५ हजार थप मूल्याड्ढन गरी नयाँ मोटसाईकल तथा स्कूटर खरिद गर्न सक्ने साथै हरेक मोटरसाइकल स्कुटर को बिक्री बाट गरिब जेहेन्दार बालबालिकाहरुको शिक्षाको निम्ती कालिका यामाहा कोष मा रू दुईसयका दरले जम्मा गरिने र हाल सो कोषबाट १८ बालबालिकाले शिक्षा पाएको पार्टसका टाँडी शाखा प्रबन्धक रामचन्द्र कोइरालाले जानकारी दिए । साथै सोही अवसरमा ग्राहकले यामाहाको दशैं तिहार योजनामा समेत सहभागिता जनाउन पाउने छन् । जस अन्तर्गत नयाँ बाईक तथा स्कूटर खरिद गर्ने ग्राहकले ७ हजारदेखि १ लाखसम्मको एउटा स्क्राज कार्ड पाउने जनाइएको छ । कम्पनीले यामाहाको दशैं तिहार योजनामा हरेक दिन भाग्यशाली विजेतालाई नगद पुरस्कार १ लाखसम्मको व्यवस्था गरेको छ । कम्पनीले यामाहाको स्वरुममा भिजिट गर्न आउने जुनसुकै ग्राहकलाई पनि हरेक साप्ताहिक लक्की ड्रमा सहभागी गराई आईफोन एक्स उपहारको पनि व्यवस्था गरेको छ ।

७ आश्विन २०७६,
चितवन ।

महेश पाण्डे
गरिमा धानको नाम राखेर प्याकीङ गरि बेचिएको धानको बिउ किनेर धान रोपेका किसान ठगिएको प्रमाणीत भएको छ । रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाको उत्पादन तथा नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ गरेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले धानको बिउको नाममा ब्यापार मात्र गरेको किसानहरुले आरोप लगाएका छन् । चितवन लगाएत देशैभरि अहिले जहां जहां किसानले गरिमा नामक धानको बिउ रोपेका छन सबै ठाउंमा यस्तो समस्या देखिएको रत्ननगर नगरपालिकाका कृषी बिकास अधिकृत प्रवीण लामाले जानकारी दिए ।

रत्ननगरमा बिशेष गरि वडा नं. ३, ७, १०, ११ र १२ बाट अहिले सम्म बढि उजुरी आएको नगरपालिकाका अर्का कृषी बिकास अधिकृत रुद्र बहादुर शाहिले जाकारी दिए । उनले गुनासो लिएर आउने किसान दिन दिनै बढेको बताउदै अब वडा कार्यालय मार्फत यसको एकिन लगत निकाली किसानलाई क्षतिपुर्ती दिने र दिलाउने कुरामा नगरपालिका लाग्ने बताए ।

मंगलबार आफ्नो पिडा र समस्या लिएर नगरपालिकामा बिल सहित निवेदन दिन पुगेका रत्ननगर १० का धान पिडीत किसान ओम प्रसाद रेग्मीले भने “असारमा उत्पादन बढि होला भनेर गरिमा धान चर्को मुल्यमा किनीयो, आशा पनि थियो राम्रो उत्पादन हुन्छ तर ८०, ९० दिन सम्म पनि कुर्दा धानको बाला लाग्नका लागी बाला पट्याउनु पर्ने हुन्छ त्योनै छैन, यसपाली हामीसंग दशैंमा टिका लगाउन चाहीने चामल पनि नहुने स्थिती भयो । अब हामी चुप लाग्दैनौ यदि हामीलाई सोझो देखेर हेपीएको हो भने संघर्ष समिती बनाएरनै अगाडी बढ्छौ ।”

यसैबिच मंगलबारनै भरतपुरको कृषी बिज्ञ सहितको टोली प्रत्यक्ष धानखेतमा गई अवलोकन समेत गरेको छ । बिज्ञ टोलिले धान निरीक्षण गरेपछि रत्ननगरकै किसान दामोदर पौडेलले यो गरिमा धान नभएको जानकारी दिएको बताए । उनले हामीसंगको कुराकानीमा भने “यो धान गरिमा धान होईन, प्याकीङ गर्दा अर्कै धान हालेर बेचेको जस्तो देखियो, तर पनि केहि दिन कुर्नुस बाला लाग्न पनि सक्छ त्यसपछि केहि भनौला भनेर कृषी बिदले भन्नु भएको छ म अब केही समय कुर्छु त्यसपछि पनि बाला लानेन भने हामी धानको बिउ बेच्ने ब्यापारी र उत्पादकलाई त्यसै छोड्दैनौ ।”

किसाने त्यसै त मल नपाएर बिरक्तिएको बेलामा अब झन बाला पनि नलाग्ने स्थिती भएपछि गरिमा धानको बिउलाई बजारमा ल्याउने सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङ तथा यसलाई उत्पादन गर्ने रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले किसानलाई सम्पुर्ण क्षतिपुर्ती दिनुपर्ने बताएका छन् । किसानहरुले अब क्षतिपुर्ती मात्र नभई ब्यापारको नाममा ठगिगर्ने ब्यपारी देखी सबैलाई कार्वाही गर्न माग गरेका छन् । रत्ननगरमा साझा एग्रो भेट सेवाले अधिकांश किसानलाई गरिमा धान बेचेको पाईएको छ ।

७ आश्विन २०७६,
रत्ननगर, चितवन ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) सौराहाले आफ्नो १३ औं बार्षिक साधारण सभा तथा ७ औं अधिबेशनमा पुर्वी चितवन पत्रकार संघलाई सम्मान गरेको छ । पूर्वी चितवनमा कार्यरत रहेका संचारकर्मीहरुको साझा संस्था पुर्वी चितवन पत्रकार संघ र यसमा आबद्द सदस्यहरुले समग्र चितवनको पर्यटन बिकासमा खेलेको भुमिकालाई उच्च मुल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । समग्र पूर्वी चितवनका पत्रकारहरुको तर्फ बाट पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले सम्मान ग्रहण गर्दै यो सम्मानले पूर्वी चितवनका पत्रकारहरुलाई अझ जिम्वेवार तथा निष्ठावान बन्न प्रेरित गर्ने बताए ।

RANDOM POSTS

0 20
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...