मितिः २०८१, १ असार शुक्रबार

भरतपुरमा बिहे भोज खाएका करिब दुई सय बिरामी

चितवनको भरतपुरमा बिहे भोज खाएका करिब दुई सय जना बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फका बिरामी परेका हुन् ।
भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएको बिरामी सविन लम्सालले बताउनुभयो । विहे भोजमा करिब पाँचसय जनाले खाना खाएको बताइएको छ । मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् ।
गैडाकोँटको वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती गएका थिए । दुलही करिष्मा अधिकारीको घर हाकिमचोक भएपनि बिहे भने रिसोर्टबाट भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.