मितिः २०८१, १ असार शुक्रबार

भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पसबिच सहकार्य गर्ने मौखिक सहमति

बिरेन्द्र बहुमुखी क्याम्पसले आज बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पस बिच विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको छ ।
बिरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर महानगरपालिका बिच भएको उक्त सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख दयाराम पौडेलका बिचमा विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको हो ।
आमनागरिकलाई स्थानीय सरकारको प्रत्याभूति हुने गरि भरतपुर महानगर र बिरेन्द्र बहुमुखी क्याम्पस एक आपसमा सहकार्य गरि स्मार्ट शिक्षाको पहुँचमा सबैलाई जोड्न सकिने गरि प्रक्रिया अगाडि बढाइने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले क्याम्पस सँगको सम्बन्ध सधै सुमधुर रहेको बताउँदै क्याम्पसको लागी सधँै सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

विगत छ बर्ष यता भरतपुरको शैक्षिक गुणस्तरले नसोचेको फड्को मारेको भन्दै प्रमुख दाहालले शैक्षिक गुणस्तरमा क्याम्पस अब्बल रहेको समेत उल्लेख गर्नुभयो । महानगर सबै क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र आगामी दिनहरुमा क्याम्पसका एजेन्डाहरुलाइ क्रमश पूरा गर्दै जाने दाहालको भनाई छ ।
कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले उच्च शिक्षाको गर्बिलो सस्थाको रुपमा रहेको बिरेन्द्र बहुमुखी क्याम्पस सँग सहकार्य गर्न महानगर तयार रहेको बताउनु भयो । आफुहरु क्याम्पस प्रशासनसँग सहकार्य गरि अगाडि बढ्न तयार रहेको उप प्रमुखको भनाई छ । त्यसको लागी क्याम्पस बैज्ञानिक एजेन्डा सहित आउन आवश्यक भएको बताइएको छ । स्मार्ट सिटि निर्माणका लागि आफुहरु स्मार्ट शिक्षाको परिकल्पना सहित अगाडि बढेको उपप्रमुखको भनाई छ ।

आकाशे पुल, स्मार्ट शौचालय, सि सि क्यामरा राख्ने सवालमा महानगरले दिन रात नभनी काम गरिरहेको बताइएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा विगत चार महिनादेखि लगाइएको ताला सहमति र सहकार्यको माध्यमबाट तत्काल खोल्न सम्बन्धित पक्षसँग उपप्रमुखले आग्रह पनि गर्नु भएको छ । २०२२ साल वैशाख १५ गतेदेखि सञ्चालनमा आएको उक्त क्याम्पसले २०३० सालबाट आगिक क्याम्पसको रुपमा मान्यता पाएको थियोे । हाल उक्त क्याम्पसमा छहजार दुईसय ६२ जना विद्यार्थी अध्ययनरत छन ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.