मितिः २०८१, १ असार शुक्रबार

महिला आयोगमा मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेका छन् । आयोगद्वारा आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको बताइएको छ ।
आयोगले दिएको जानकारी अनुसार आयोगमा गत साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ (४२ प्रतिशत), आर्थिक हिंसासम्बन्धी दुई सय २४ (२९ प्रतिशत), शारीरिक हिंसासम्बन्धी एक सय ९८ (२६ प्रतिशत ) र यौनजन्य हिंसा २२ (३ प्रतिशत) दर्ता भएका छन् ।

केन्द्रमा मात्र सहज पहँुच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुन सक्ने आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताउनुभयो । आयोगमा ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना गर्न पहल गरेको बताइएको छ । कार्यक्रममा चालु आवको चार महिनामा आयोगद्वारा भएका स्थलगत अनुगमन, सचेतनामूलक कार्यक्रम तथा प्रकाशन, दर्ता भएका उजुरीलगायतका गतिविधिबारे जानकारी दिइएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.