मितिः २०८१, १ असार शुक्रबार

चितवनमा सवारी दुर्घटनाको बढ्दो ग्राफः पाँच महिनामा गयो ४० जनाको ज्यान

चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ ।
गत साउनदेखि अहिलेसम्म भएका एकसय ७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेहरुमा ३३ पुरुष, पाँच महिला, एक बालक र एक बालिका रहेका छन् । ९१ गम्भीर घाइते र दुईसय १५ सामान्य घाइते भएका छन् । दुर्घटनामा दुईसय ४४ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी एकसय ३५ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ट्रक र ट्याङ्कर ३१, डेलिभरी भ्यान, जिप र कार ३४, माइक्रो छ, टेम्पो अटो रिक्सा आठ, बस १५ , ट्याक्टर तीन, साइकल ५२, ट्रिपर चार र अन्य सात दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यात्रुको गल्तीबाट पाख्च, ओभर टेकबाट दुईवटा, सडकको अवस्थाका कारण सात, मापसेबाट छ वटा दुर्घटना भए भने चालकको लापारवाहीको कारणबाट भएका दुर्घटना तीन रहेका छन् । यी दुर्घटनाहरुमा १६ हजार एकसय ८७ सवारीसाधनलाई कारवाही गरी एक करोड ३९ लाख ९०हजार राजश्व संकलन गरेको छ । अधिकारीका अनुसार दुर्घटनामा पर्नेमा १६ देखि २५वर्ष, २५ देखि ४० र ४० माथि उमेर समूहका रहेका छन् । पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको छ । ‘तीव्र गतिमा सवारी चलाउने युवा पुस्ता बढी भएकाले तीव्र गतिमा दौडने मोटरसाइकल बढी दुर्घटना हुने गरेको छ ।

गत आर्थिक वर्ष २०७८÷०७९मा आठसय १० सवारी दुर्घटना हुँदा एकसय ४० को मृत्यु भएको थियो । मृत्यु हुनेमा एकसय छ पुरुष, २२ महिला, १२ बालबालिका रहेका छन् । जसमा दुईसय ६५ गम्भीर र सातसय छ सामान्य घाइते भएका छन् । यसमा सातसय ३९ मापसे सेवन गरेर सवारी चलाउने, ७८ तीव्र गतिमा, सात हजार तीनसय २९ कागजपत्र साथम नबोकेका, चार हजार तीनसय २९ लाइसेन्स नभएका र एक हजार चारसय सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारी रहेका छन् । जसमा चारसय १० मोटरसाइकल, एकसय १२ कार, ९७ बस, एकसय १२ ट्रक, ट्याङ्कर र टिपर, १७ माइक्रो र २० ट्याम्पुलगायत सवारीसाधनबाट दुर्घटना भएको छ । गत आवमा ३३ हजार सातसय २८ सवारीसाधनलाई कारबाही गरी तीन करोड एक लाख ५४ हजार पाँचसय राजश्व संकलन गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.