मितिः २०८१, ५ असार मंगलवार

भरतपुर महानगर क्षेत्रका २० वटा सीसी क्यामरा प्रयोगविहीन, अपराध नियन्त्रणमा कठिनाई

भरतपुर महानगरपालिकाको सार्वजनिक क्षेत्रमा जडान गरिएको आधा भन्दा धेरै सीसीटिभी क्यामेरा सञ्चालन नहुदा अपराध नियन्त्रण कार्य कठिन भएको छ ।
बजारको चोक र सडकको वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटनाका घटनाको अनुसन्धानमा सहयोगी हुने क्यामरा बिग्रदा चितवन प्रहरीलाई अपराध नियन्त्रणमा कठिनाई भएको हो ।
जिल्लामा ३७ वटा सीसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा त बिग्रिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । जिल्लाको मुख्यकेन्द्र, मुग्लिङ, रामनगर, पारस बसपार्क, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्यामपसचोक, लाइन्सचोक, सहिदचोक, पुलचोक, आँपटारीलगायत अन्य विभिन्न क्षेत्रमा दुई देखि चारगरी ३७ वटा क्यारा जडान भएको छ । तर, अहिले भने जिल्लाको मुख्य मुख्य केन्द्रमा रहेको २० वटा क्यामेरा सञ्चालनमा छैनन् । जसको कारण अनुसन्धान दिनप्रति दिन कठिन हुँदै गएको छ । जिल्लामा सञ्चालन भएको १७ वटा क्यामेरा पनि राम्रो गुणस्तरको नभएकाले सडक दुर्घटनामा गाडीको नम्बर पत्ता लगाउन कठिन भएको बताइएको छ ।

भरतपुर माहानगरपालिकासँग समन्वय गरेर क्यामरा मर्मतको काम त समय समयमा गर्दै आएपनि कहिले प्राकृतिक विपत्तीका कारण मर्मत् गरिएको क्यामरा बिग्रने पनि गरेको छ । जसको कारण जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनै कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा दैनिक विभिन्न घट्ना, दुर्घटना हुने गर्छ तर जडान भएका क्यामरा गुणस्तरको नभएर सामान्य खालको हुँदा नम्बर पत्ता लगाउन कठिन छ । बढ्दो सहरीकरणका कारण जिल्लाका सबै चोकमा क्यामेरा जडान भए प्रहरीलाई सहज हुने थियो । तर, जति जडान भएको छ त्यो क्यामेरा पनि सञ्चालन नहुँदा आपराधिक घटना भइहाले पनि पक्राउ गर्न कठिन भएको छ । महानगरले अब पुरानो क्यामेरा मर्मत नगरी नयाँ तथा राम्रो क्वालिटीको जडान गरे विभिन्न घटनाको अनुसन्धान गर्न सहज हुने बताइएको छ ।

भरतपुर महानगरपालिकाको शाखा अधिकृत झलक श्रेष्ठका अनुसार अहिलेसम्म महानगरले क्यामेरा जडानको निर्णय भने गरेको छैन । तर, बिग्रेको क्यामेरा मर्मत गर्ने काम भने जिल्ला प्रहरीसँग समन्वय गरेर गर्दै आएको छ । नेपालको मध्य भागमा पूर्वपश्चिम राजगमार्गको केन्द्र भागमा चितवन अवस्थित भएकोले यहाँ धेरै अपराधिक घट्नाहरु हुने गर्छ । राजमार्गको छेउछाउमा हुने अपराधिक घट्ना नियन्त्रणमा मा सिसी क्यामेरा अति आवश्यक सामग्री बनेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.