मितिः २०८१, ५ असार मंगलवार

नारायणगढ मुग्लिन सडक खण्डमा भोलिदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा भोलि ५ गते देखि एकमहिना दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो ।
सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.