मितिः २०८१, १ असार शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ ।
संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.