मितिः २०८१, ५ असार मंगलवार

चितवनमा एक महिनामा ४७ सवारी दुर्घटनाः १२ जनाले गुमाए ज्यान

चितवनमा सवारी दुर्घटनाबाट गत मङ्सिर महिनामा १२ जनाको मृत्यु भएको छ । यो एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु र ७४ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंसिरमा भित्री सडकमा २३ वटा सवारी दुर्घटनामा चारजनाको मृत्यु र ४१ जना घाइते भएका छन् । यसैगरी, पूर्व पश्चिम लोकमार्गमा नौ वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते, नारायणगढ मुग्लिन सडक खण्डमा सात वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाइते, पृथ्वी राजमार्गमा तीन वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीनजना घाइते र शहरी सडकखण्डमा पाँच वटा सवारी दुर्घटना भएकोमा दुई जनाको मृत्यु र पाँच जना घाइते भएको कार्यालयले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.