मितिः २०८१, १ असार शुक्रबार

यौन दुव्र्यबहार आरोपमा अरोमा कलेजका शिक्षक गिरफ्तार

भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा अध्ययनरत विद्यार्थीमाथि बाल यौन दुव्र्यबहार गरेको आरोपमा कलेजका शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई यौन दुव्र्यबहार गर्ने गरेको भन्दै कलेजभित्र आज मंगलबार विद्यार्थीले नाराजुलुस गरेका छन् ।
उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन् ।आरोपीत शिक्षक गिरफ्तार भएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.