मितिः २०८१, १ असार शुक्रबार

जेष्ठ सदस्य राणाले लिए राष्ट्रपतिबाट शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथग्रहण गराउनुभएको हो ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार राणाले शपथ लिनुभएको हो । राप्रपाका पूर्वअध्यक्ष समेत रहनुभएका ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुनुहुन्छ । गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई भोली बिहीबार १ बजे राणाले शपथग्रहण गराउनुहुनेछ । त्यसपछि संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नुहुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.