मितिः २०८१, १ असार शुक्रबार

पुल्चोक–गोन्द्राङ सडक विस्तारः घरधनीले सूचना अवज्ञा गरेपछि अन्ततः नारायणगढमा चल्यो डोजर

सडक डिभिजन कार्यालयले पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि संरचना भत्काउन गरेको सूचना घरधनीले अवज्ञा गरिएपछि अन्ततः डोजर चलाइएको छ । सडक विस्तारका लागि सडक डिभिजनले आज शुक्रबार बिहान डोजर चलाएको हो ।
चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घर तथा छाप्राहरु भत्काउन सुरु गरिएको छ । नारायणगढको पुल्चोकबाट सडक क्षेत्र ओगटेका घर तथा टहरा र अन्य संरचनाहरु घर भत्काउन सुरु गरिएको हो ।
पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ती घरहरुमा २० देखि एकसय मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने बताइएको छ । ३५ दिनको सूचना जारी गरेर सुचित गराउँदा घरधनीले सूचनाको अवज्ञा गरेपछि सडक डिभिजन कार्यालयले डोजर लगाएर भत्काउन सुरु गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । छ लेन सडकको निर्माण दुई वर्ष अघि सुरु भएको अहिलेसम्म ५८ प्रतिशतमात्रै काम सकिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.