मितिः २०८१, १ असार शुक्रबार

बागमती प्रदेशमा पाँच महिनामा सवारी दुर्घटनाबाट एकसय बयालीस जनाले गुमाए ज्यान

बागमती प्रदेशमा (उपत्यकाका तीन जिल्ला बाहेक) यस आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा सवारी दुर्घटनाबाट एकसय ४२ जनाको ज्यान गएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार यस आवको साउनदेखि मंसिरसम्म गरी पाँच महिनाको अवधीमा छ सय ३९ वटा सवारी दुर्घटनामा परी एकसय ४२ जनाको मृत्यु र एकहजार चारसय २३ जना घाइते भएका छन् ।
बागमती प्रदेशमा भएको सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना मानवीय त्रुटिका कारणले हुने गरेको बागमती प्रदेश प्रहरीका प्रवक्ता दिपक रेग्मीले जानकारी दिनुभयो । सवारी दुर्घटनामा सबैभन्दा बढी २ पाङ्ग्रे (मोटरसाईक÷स्कुटर) संलग्न रहेका छन् । यस आर्थिक वर्षमा बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न एकसय ६७ वटा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । त्यस्तै, दुई हजार आठसय ४२ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरि मर्मत तथा सुधार गर्न लगाईएको छ ।
तिब्र गतिमा सवारी चलाउँदा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि मकवानपुर, सिन्धुली, चितवन, काभ्रे र धादिङ जिल्लामा टायम कार्ड लागु गरिएको छ । १० जिल्लाका बिभिन्न ४२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी नागरिकहरुलाई सेवा प्रदान गरिएको छ । यसैगरी यस अवधीमा ट्राफिक नियम उल्लंघनका घटनाहरुबाट संकलित नौ करोड ३१ लाख ८१ हजार पाँचसय रुपैया जरिवाना राजश्व खातामा जम्मा गरिएको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.