मितिः २०८१, ५ असार मंगलवार

सडक र पुल अलपत्र पारेपछि माडीका युवाले टाँसे ‘ठेकेदार हराएको सूचना’

माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु गरेका छन् ।
माडीको ७.७ किलोमिटर सडक स्तरोन्नत्ति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनु पर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म सडकको १० प्रतिशतका हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताउनुभयो । निकुञ्ज आडबाट सडक गएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनका कामलगायतले गर्दा समयमा काम सक्न गाह्रो भएको निर्माण कम्पनी बज्रगुरू ढुकुचुका आधिकारिक प्रतिनिधि तुलसी घिमिरेले बताउनुभयो ।

लगभग एक वर्षयता काम ठप्प भएपछि आफूहरू दबाबमूलक अभियानमा लागेको समृद्धिका लागि युवा अभियान माडीका अभियन्ता विपिन पाठकले बताउनुभयो । तत्कल काम सुरू नभए थप कार्यक्रम चलाउने बताइएको छ ।
माडी १ का पूर्व वडाध्यक्ष कृष्णप्रसाद पौडेलले निर्माणमा भएको ढिला सुस्तीले माडीको आर्थिक गतिविधिमा असर परेको बताउनुभयो । माडीका खोलाहरूमा बन्दै गरेको पुलको काममा पनि ढिलासुस्ती भएको छ । हुलाकी राजमार्गको वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले सम्झौता गर्दा ७९ वैशाखमा काम सक्ने भने पनि पछि म्याद थप भएर आउँदो असारसम्म पु¥याएको बताउनुभयो । निकुञ्जलाई रोयल्टी तिरे पनि खोलाबाट गिट्टी बालुवा झिक्न पाइएन भन्ने निवेदन निर्माण कम्पनीले कार्यालयमा दिएको बताइएको छ । आउँदो पुस १७ मा बैठक राखेको र त्यसपछि काम सुरू हुने सम्भावना रहेको मण्डलको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.