मितिः २०८१, ५ असार मंगलवार

अब नेतालाई भेट्दा प्रहरीले पूर्वस्वीकृति लिनुपर्ने

कर्तव्य पालनाबाहेकको अवस्थामा प्रहरी अधिकारीले नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई भेट्दा पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज बिहीबार जारी गरेको विज्ञाप्तिमा यस्तो निर्देशन दिइएको होे । संगठनको कामबाहेकको अवस्थामा भेटघाटका लागि स्पष्ट प्रयोजनसहित विभागीय स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्रालयले प्रहरी अनुशासनमा कडाइ गर्न यस्तो निर्देशन दिएको जनाइएको छ । यसको प्रभावकारी कार्यान्वयन गर्न र अनुगमन गर्न गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको छ । कसैले अनुमतिविना भेटेमा अनुशासनसम्बन्धी कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी छ । सुरक्षा अधिकारीहरुले सरुवा बढुवाका लागि नेताहरुका घर धाउने, आफ्नो पदीय जिम्मेवारी भन्दा अन्य कामका लागि लबिङ गर्ने हुनाले यो प्रवृत्ति रोक्न यस्तो आचारसंहिता पालना गराउन लागिएको गृह मन्त्रालयले जनाएको छ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले आचारसंहितामा कडाइ गर्न थालेको बुझिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.