मितिः २०८१, १ असार शुक्रबार

यसवर्ष चार लाख ३९ हजार चारसय ६७ टन बढी फल्यो धान

देशभर यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा चार लाख ३९ हजार चारसय ६७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५० लाख ५७ हजार पाँच टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार पाँचसय ७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल दुई प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ । देशभर चैते र वर्षे सिजनको गरी कुल १४ लाख ४७ हजार सात सय ८९ हेक्टरमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.