मितिः २०८१, १ असार शुक्रबार

एक वर्षमा छ लाख १४ हजार एकसय ४८ पर्यटक भित्रिए नेपाल

एक वर्षमा छ लाख १४ हजार एकसय ४८ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा कोभिड–१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो ।
सन् २०२२ मा एक वर्षमा छ लाख १४ हजार एकसय ४८ विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या सन् २०२१ को तुलनामा तीनसय नौ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा एकसय ६६ दशमलव ९२ प्रतिशत धेरै हो ।
सन् २०२२ मा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार दुई लाख नौ हजार एकसय पाँच जना भारतीय नेपाल आएका छन् । त्यस्तै दोस्रोमा अमेरिकी छन् । अमेरिकाबाट ७७ हजार नौ जना अमेरिकी नेपाल आएका छन् । त्यस्तै त्यसपछि नेपाल आउने तेस्रोमा बेलायती छन् । बेलायतबाट ४४ हजार सातसय ८१ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अस्ट्रेलियाबाट २६ हजार आठसय ७४ जना नेपाल आएका छन् भने बंगलादेशबाट पनि २५ हजार तीनसय ८४ जना पर्यटक नेपाल आएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.