मितिः २०८१, १ असार शुक्रबार

कम्बोडियामा ज्यान गुमाएका झापाका पाण्डेको सम्झनामा चितवनमा दीपप्रज्वलन

आगलागिबाट कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा चितवनका सचेत युवाले हिजो साँझ दीप प्रज्वलन गर्दै पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का पाण्डे फसेका थिए । त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग भिडियो कलमार्फत अन्तिम कुराकानी गरेका थिए ।
त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । पाण्डेले परिवारसंग गरेको भिडियो सार्वजनिक भएपछि धेरैको आँखाबाट आँशु झरेको थियो । होटलमा आगलागी हुँदा १९ जनाको मृत्यु समेत भएको थियो । दीप प्रज्वलनका लागि युवा अभियन्ता सन्देश वाग्ले, धर्मबहादुर कार्की, प्रदिप थापा, विपिन कंडेल, अन्जन दवाडी, अर्जुन अधिकारी, दिपक कस्यप, सागर बम्जन, विमल पौडेल, प्रवल केसी, सौगात देवकोटालगायतको सहभागिता थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.