मितिः २०८१, १ असार शुक्रबार

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन चितवनका किसानहरुको माग

चितवन जिल्लाका किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउन माग गरेका छन् । हिजो आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर १४ रुपैयाँ किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताउनुभयो । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उहाँले मूल्य नबढाए किसान पलायन हुने अवस्था आउने दाबी गर्नुभयो ।
दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले बतउनुभयो । राज्यकै नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उहाँको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.