मितिः २०८१, १ असार शुक्रबार

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)ले अब आउँदो पुस २६ गते मंगलबार विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमबार संघीय संसद्का महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्दा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वास लिन प्रधानमन्त्रीलाई एक सय ३८ सांसदको समर्थन चाहिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.